मोहन प्रसाद श्रेष्ठ
मोहन प्रसाद श्रेष्ठ
अध्यक्ष

पाल्पा उद्योग वाणिज्य संघले आफ्नो पचास बसन्त पार गरेको छ । आफ्नो गौरवशाली ईतिहासको यस सु–अवसरमा संघले विविध कार्यक्रमका साथ स्वर्ण वर्ष मनाई रहेको यहाँहरुलाई अवगत नै छ । यस सु–अवसरमा यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । स्थापनाको पचास वर्षको अवधिमा यस संघलाई अनेक उतार चढावका बावजूद जिल्ला कै अग्रणी संस्था एवं परिपक्व ईतिहास बोकेको संस्थाको रुपमा स्थापित भएको छ । अतः यस स्थान सम्म ल्याउनु हुने हाम्रा सम्पूर्ण संघका अग्रजहरुलाई स्मरण गर्दै सम्मान टक्राउँदछु । साथै संघमा आबद्ध रहनु भएका सबैमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु । हाल संघलाई पनि २१ औं शताब्दीको रुपमा विकसित गर्दै जानु पर्ने भएकोले सचिवालय चुस्त दुरुस्त र विश्व सूचना प्रविधिको युगमा परिणत भईरहेको अवस्थामा संघलाई पनि समय सापेक्ष ढाल्नु पर्ने हाम्रो पनि दायित्व रहेको हुनाले यसै स्वर्ण जयन्तीको सु–अवसरमा आफ्नै www.palpachamber.org.np नामको Website को शुभारम्भ गर्ने जमर्काे गरेका छौं । आशा एवं विश्वास छ यस Website ले संघको प्रत्येक गतिविधि एवं सूचनाहरुलाई देश विदेशमा रहनु भएका सम्पूर्ण महानुभावज्यूहरुले जानकारी पाउन सक्नेछ । यो वेभसाइटको माध्यमबाट “सुचनाको हक आजको आवश्यकता” भन्ने नारा पनि संघले पुरा गर्नेछ । यस कार्यमा लाग्नु हुने विशेष सहयोगी श्री मुक्ति प्रसाद न्यौपाने, साथै यस पाल्पा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विनायक महर्जन, कार्यकारी सचिव सन्देश गैरे, लेखापाल सरोज लाल शाक्य, कार्यालय सहायक दीपिका शाक्य र सम्पूर्ण सहयोगीहरुलाई विशेष धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।