पाल्पा उद्योग वाणिज्य संघको पत्रकार सम्मेलन

“पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापारस अवसर र संभावना छ अपार” भन्ने मूल नाराका साथ यहि मिति २०७४ फाल्गुन ३ गते देखि २३ गते सम्म तानसेनको टुडिखेल मैदानमा संचालन हुन गईरहेको ५ नं प्रदेश स्तरीय १२ औं पाल्पा महोत्सव २०७४ को सन्र्दभमा पाल्पा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरेको थियो ।

नेउवा महासंघ प्रदेश उद्योग वाणिज्य महासंघ प्रदेश नं ५का पदाधिकारी सहितका अतिथीहरुको स्वागत

मिति २०७४ पुष २५ गतेका दिन नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एक गाँउ एक उत्पादन कार्यक्रमका संयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ५ का अध्यक्ष श्री गुणनिधि तिवारी संघ संघमा पाल्नु भएका उपाध्यक्ष हेमराज वन्जाडे, दिपक कुमार पौडेल सदस्यहरुमा दुर्गा प्रसाद पाण्डे, ज्ञानुराम न्यौपाने, उज्जवल प्रसाद कसजु, कृष्ण कुमार श्रेष्ठ, यज्ञ प्रसाद भट्टराई, लगायतका अतिथिहरुलाई पाल्पा उद्योग वाणिज्य संघले स्वागत सहित छलफल कार्यक्रम सम्पन्न गरिएको थियो ।

पाल्पा उद्योग वाणिज्य संघ द्धारा पारिवारीक बनभोज कार्यक्रम सम्पन्न ।

मिति २०७४ पुष २२ गते शनिबारका दिन पाल्पा उद्योग वाणिज्य संघ द्धारा तानसेनको श्रीनगर डाँडामा पारिवारीक बनभोज कार्यक्रम सम्पन्न गरिएको थियो ।

नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सभाका सांसदहरुलाई स्वागत, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ।

मिति २०७४ पुष १८ गते मंगलबारका दिन पाल्पा उद्योग वाणिज्य संघ द्धारा नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सभाका सांसदज्यू हरुलाई स्वागत, बधाई तथा शुभकामना कार्यक्रम पाल्पा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न गरेको छ ।

पाल्पा उद्योग वाणिज्य संघ द्धारा राहत समाग्री वितरण

पाल्पा उद्योग वाािणज्य संघले पुष १५गते शनिबारका दिन स्याङ्गजा फेदिखोला स्थीत बाल गृहमा खाध्यान्न लगायतका राहत सामाग्री वितरण गरेको छ ।

पाल्पा उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघले यस संघको वर्तमान कार्यसमितिका पदाधिकारी सदस्यहरु, सल्लाहकारहरु तथा बिभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु