पाल्पामा प्रथम उद्योग दिवस मनाईयो

नेपाल सरकारले २०७१ चैत्र २० गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रथम उद्योग दिवस मनाउनुका साथै उद्योग व्यवसायलाई प्रवद्र्धनका निम्ती उद्योग मन्त्रालय उद्योग विभाग घरेलु तथा साना उद्योग कार्यालय, पाल्पाको मुख्य आयोजना तथा पाल्पा उद्योग वाणिज्य संघको र घरेलु तथा साना उद्योग महासंघ, पाल्पाको सह(आयोजनामा “औधोगिक क्षेत्रमा लगानी, सम्बृद्धिको सुनौले विहानी” भन्ने नाराका साथ प्रथम उद्योग दिवस पाल्पामा पनि मनाईएको छ ।

संघ व्यवस्थापन तथा त्रि–वर्षिय कार्ययोजना गोष्ठी सम्पन्न

यस संघले मिति २०७३ मंशिर १ देखि ३ गते सम्म नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा आईसल्यन्ड जंङ्गल रिर्सोट थारु भिलेजमन संघ व्यवस्थापन तथा त्रि–वर्षिय कार्ययोजना गोष्ठी सम्पन्न गरी आगामी ३ वर्षका लागि संघको लक्ष्य तथा परिकल्पना निर्धारण गर्दै आ.व.२०७३÷०७६ सम्मको लागि संघको कार्यक्रमहरु तर्जुमा गरेको छ ।

पाँचौ राष्ट्यि कर दिवसको अवसरमा प्रभात फेरी

पाँचौ राष्ट्यि कर दिवस २०७३ को अवसरमा पाल्पा करदाता सेवा कार्यालयको मुख्य आयोजना र पाल्पा उद्योग वाणिज्य संघ एंव मदिरा व्यवसायी संघ पाल्पाको सहभागितामा तानसेन नगर भित्र प्रभात फेरी गरिएको थियो ।

पाल्पा उद्योग वाणिज्य संघको राजनैतिक पार्टी, स्थानिय एवं सुरक्षा निकाय र ं पत्रकार हरुबिच सुझाव संकलन एवं अन्र्तक्रया कार्यक्रम सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघले आफ्नो त्रि बर्षिय कार्ययोजनामा जानुपुर्व पाल्पामा क्रियाशिल रहेका विभिन्न राजनैति पार्टी, स्थानिय एवं सुरक्षा निकाय र पत्रकार हरुविच सुभाव संकलन एवं अन्तर्रिक्रया कार्यक्रम सम्पन्न गरेको थियो ।

पाल्पा उद्योग वाणिज्य संघ द्धारा स्थानिय विकास अधिकारीलाई बिदाई

पाल्पामा रहनु भएका स्थानिय विकास अधिकारी श्री कृष्ण प्रसाद पाण्डेज्यू लाई पाल्पा उद्योग वाणिज्य संघले कार्तिक ३० गते एक कार्यक्रमका विच विदाई गरेको छ ।

कर कार्यालय प्रमुखलाई पाल्पामा स्वागत

करदाता सेवा कार्यालय पाल्पामा सरुवा भई आउनुभएका कर अधिकृत बासुदेव नेपाललाई पाल्पा उद्योग वाणिज्य संघले स्वगत गरेको छ ।