28 Oct 2020

जिल्ला प्रहरी कार्यालयका पाल्पाका प्रहरी उपरीक्षक एवं सशत्र प्रहरी बल गुल्म पाल्पाका प्रहरी नायव उपरीक्षलाई स्वागत कार्यक्रम सम्पन्न

२०७४ भाद्र २६

पाल्पा उद्योग वाणिज्य संघले पाल्पामा सरुवा भई आउनुभएका जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक डिल्लीराज पन्त तथा सशत्र प्रहरी बलका प्रहरी नायव उपरिक्ष राजु शाहीलाई स्वागत कार्यक्रम सोमबार सम्पन्न  गरेको थियो ।  संघको सभाहलमा भएको स्वागत कार्यक्रममा बोल्दै पन्तले जिल्लामा शान्ति सुरक्षा खलबलिन नदिन आफु पूर्ण प्रतिबद्ध रहने बताउनुभएको थियो । उक्त कार्यक्रममा संघका पुर्व अध्यक्षहरुले तानसेन नगर दुई पाङ्ग्रे मोटरसाईकलको स्वरुप बिगारेर अत्याधिक रुपमा ध्वनी प्रदुषण गर्ने चालक हरुलाई कारवाहीको दायरामा ल्याउन  समेत गर्न अनुरोध गर्नुभएको थियो । सोही कार्यक्रममा संघका पदाधिकारी एवं सदस्यहरुले पहाडी र शान्तिपूर्ण जिल्ला भएको बताउँदै सबैको सहकार्यमा अगाडी बढ्न आग्रह गरेका थिए ।सोही अवसरमा बोल्दै संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले अनावश्यक रुपमा व्यापारी, व्यवसायीहरुलाई झन्झट नदिई शान्तिपुर्ण वातावरणमा व्यवसाय गर्ने वातावरण बनाई प्रहरीले विचार पु¥याई मुस्कान सहितको सेवा दिनुपर्ने बताउनुभएको थियो ।