22 May 2018

जिल्ला समन्वय समितिका सभापती एवं तानसेन नगरपालिकाका कार्यकारी अधिकृतलाई संघद्धारा स्वागत

२०७४ कार्तिक १४,  

पाल्पा उद्योग वाणिज्य संघले २०७४।०३।१४ गते सम्पन्न स्थानिय तहको निर्वाचनमा प्रश्चात जि.स.स सभापतिमा नवनिर्वाचित दयाराज बस्याल एवं तानसेन नगरपालिकामा सरुवा भई आउनुभएका कार्यकारी अधिकृत जीवन ज्ञवाली लाई संघले स्वागत सम्पन्न गरेको छ ।   संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा जि.स.स सभापति बस्याल एवं अधिकृत ज्ञवाली स्वागत सम्मान स्वरुप पाल्पाली ढाका टोपी र खादा ओढाउनुका साथै संघका प्रकाशनहरु प्रदान गर्नु हुँदै अध्यक्ष श्रेष्ठले संघले विगतमा जिल्लाको आर्थिक सामाजिक विकासका लागि गरि आएका कार्यहरुको जानकारी गराउंदै विगतमा जिल्ला विकास समिति एवं तानसेन नगरपालिकाको सहयोगका कारण विभीन्न किसीमका उल्लेखनीय कार्यहरु सम्पन्न गर्न सकेको बताउनु भएको थियो । साथै पाल्पाको व्यापारीक, व्यवसायीक, पर्यटन सम्पुर्ण विकासमा बुटवल तानसेन सडकखण्डको अत्यन्तै महत्वपुर्ण भूमिका रहेको र यसको समस्याको दिर्गकालीन समाधानमा जोड दिनुपर्ने बताउनुभएको थियो ।   स्वागत कार्यक्रममा बौल्दै सभापतीले संघबाट गरिएको स्वागत प्रति आभार प्रकट गर्दै विशेष गरि तानसेन बुटवल सडक खण्डमा सुधार एवं बैकल्पीक बाटो निर्माणको कार्य आफ्नै संयोजकत्वमा समिति निर्माण भईसकेको  बताउनुभएको थियो । साथै सोही कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत ज्ञवालीले आफु स्वयं यस नगरपालिकाको बासिन्दा रहेको र यहाँ रहदाँ सम्म रचनात्मक रुपले कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमको संचालन महासचिव श्री यादव सिंह कार्कीले गर्नु भएको थियो ।