18 Aug 2018

पाल्पा उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण सम्पन्न

कार्तिक ९, २०७४
पाल्पा उद्योग वाणिज्य संघले यस संघको वर्तमान कार्यसमितिका पदाधिकारी सदस्यहरु, सल्लाहकारहरु तथा बिभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु समेतको ३५ जनाको टोली यस संघका अध्यक्ष श्री मोेहन प्रसाद श्रेष्ठज्यूको नेतृत्वमा मिति २०७४ मंशिर १ गतेदेखि ८ गते सम्म तानसेन देखि रुपन्देही, कपिलवस्तु, दाङ्ग, बाके, बर्दिया, कैलाली, डडेलधुरा, डोटी जिल्लाका बिभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघमा अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ । उक्त भ्रमणले बिभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघसँग सुमधुर सम्बन्ध कायम हुनुका साथै, स्थानीय उद्योग व्यवसायको विकास, प्रवद्र्धन, सदस्यहरुको हकहितको संरक्षण, सदस्यता सेवामा संघको भूमिका लगायत विविध विषयहरुमा छलफल र अनुभहरु आदान प्रदान गरिएको थियो ।