28 Oct 2020

पाल्पा उद्योग वाणिज्य संघ द्धारा राहत समाग्री वितरण

पाल्पा उद्योग वाािणज्य संघले पुष १५गते शनिबारका दिन स्याङ्गजा फेदिखोला स्थीत बाल गृहमा खाध्यान्न लगायतका राहत सामाग्री वितरण गरेको छ । पाल्पा जिल्ला प्रशासन कार्यालय पाल्पाको अगुवाईमा संघले उक्त बाल गृहमा राहत समाग्री वितरण गरेको थियो उक्त कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य लगायत साधारण सदस्य एवं विभिन्न पत्रकारहरुको उपस्थितिमा सम्पन्न गरिएको थियो ।