17 Jul 2019

पाल्पा उद्योग वाणिज्य संघ द्धारा पारिवारीक बनभोज कार्यक्रम सम्पन्न ।

मिति २०७४ पुष २२ गते शनिबारका दिन पाल्पा उद्योग वाणिज्य संघ द्धारा तानसेनको श्रीनगर डाँडामा पारिवारीक बनभोज कार्यक्रम सम्पन्न गरिएको थियो । संघका अध्यक्ष श्री मोहन प्रसाद श्रेष्ठको नेतित्वमा पाल्पा उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य, आमन्त्रित सदस्य, संयोजकहरुको पारिवारीक जमघट गरिएको थियो । पाल्पा उद्योग वाणिज्य संघ संग प्रत्यक्ष समन्वय हुने विभीन्न सरकारी कार्यालयका प्रमुखहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, उद्योगी, व्यापारी व्यवसायीहरु, बैंक तथा वित्तिय संस्थाका प्रमुखहरु तथा पत्रकारहरुको उपस्थितीमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।