22 May 2018

प्रमुख जिल्ला अधिकारीलाई विदाईप्रमुख जिल्ला अधिकारीलाई विदाई

२०७४।०६।१९ 

जिल्ला प्रशासन कार्यालय पाल्पाबाट सरुवा भई जानु भएका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमलाई पाल्पा उद्योग वाणिज्य संघले विदाई गरेको थियो । विदाई कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गौतमले पाल्पामा आएर सेवा गर्ने अवसर मिलेको र सम्पुर्ण व्यापारी व्यवसायीहरुले साथ दिनुभएको बताउनुभएको थियो । पाल्पामा ठुला उद्योग व्यवसाय नभएतापनि यसको क्षेत्र लामो हुँदै गएको बताउनुभएको थियो । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराईले  उत्तरोत्तर प्रगतीको कामना गर्नुभएको थियो । कार्यक्रम संघका कार्यवाहक अध्यक्ष शैलेन्द्र  भट्टराईको अध्यक्षता र महासचिव यादव सिंह कार्कीको सञ्चालनमा सम्पन्न गरिएको थियो ।