18 Aug 2018

रामपुर उद्योग वाणिज्य संघलाई स्वागत

२०७३ कार्तिक ७

रामपुर उद्योग वाणिज्य संघलाई पाल्पा उद्योग वाणिज्य संघले एक कार्यक्रमका बीच स्वागत गरेको छ । संघहरुको अध्ययन अवलोकन भ्रमणका लागि पाल्पा आएको २० सदस्यीय टोलीलाई पाल्पामा स्वागत गरिएको  हो ।कार्यक्रममा बोल्दै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री भोजेन्द्र प्रकास ढकालले स्थानीयस्तरमा नीजि क्षेत्रको भूमिका कहाँ कसरी चलिरहेको छ भनेर अध्ययन गर्न भ्रमणमा निस्केको बताउदै अध्यक्ष ढकालले भ्रमणका अवसरमा सर्वप्रथम पाल्पाबाट आफ्नो गन्तव्य सुरुवात गरेर अन्य बिभिन्न स्थानहरुको अवलोकन गर्ने बताउनुभयो । सोही अवसरमा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले आफुले जन्माएको संस्थाले विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा रामपुर नगरपालिकाको आर्थिक, सामाजिक, विकासमा टेवा पुग्ने खालका गतिविधिहरु समेत गरको बताउनुभएको थियो साथै पाल्पा उद्योग वाणिज्य संघले एक असल पुत्र पाएको भन्दै खुसी व्यक्त गर्नुभएको थियो । सोही अवसरमा बोल्दै पुर्व अध्यक्ष चकोरमान शाक्यले पुराना क्षणहरुको स्मरण गराउर्दै खुसी व्यक्त गर्नुभएको थियो सथै उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभएको थियो । उक्त कार्यक्रममा दुई उद्योग वाणिज्य संघहरुबीच मायाको चिनो लगायतका प्रकाशनहरु आदानप्रदान गरिएको थियो । कार्यक्रम संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको अध्यक्षता, महासचिव यादव सिंह कार्कीको सञ्चालनमा र निवर्तमान अध्यक्ष राजु महर्जनको धन्यवाद मन्तव्यमा सम्पन्न गरिएको थियो ।