26 Oct 2020

विजया दशमी, दिपावली एवं छठ पर्वको शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

२०७४ असोज ५
पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा मिति २०७४ असोज ५ गते सोमबारका दिन पाल्पा उद्योग वाणिज्य संघको सभाहलमा विजया दशमी एवं शुभ दीपावलीको सुखद उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरीएको थियो । संघका अध्यक्ष श्री मोहन प्रसाद श्रेष्ठको अध्यक्षतामा एवं माननिय सांसद हरि प्रसाद नेपलको प्रमुख अतिथ्यता र तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीको विशिष्ट आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विभीन्न सरकारी कार्यालयका प्रमुखहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, उद्योगी, व्यापारी व्यवसायीहरु, बैंक तथा वित्तिय संस्थाका प्रमुखहरु तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन महासचिव यादव सिंह कार्कीले गर्नुभएको थियो ।