22 May 2018

६२ औं साधारण सभा सम्पन्न

२०७४ कार्तिक२५ गते शनिबार
पाल्पा उद्योग वाणिज्य संघको ६२ औं साधारण सभा एव २०७४ कार्तिक २५ गते शनिबारका दिन तानसेन नगरपालिका कार्यालयको सभा कक्षमा सम्पन्न गरिएको थियो । साधारण सभाका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष एवं विशिष्ठ सदस्य श्री चण्डी राज ढकालले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नु भएको कार्यक्रममा संघका अध्यक्ष श्री मोहन प्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । आर्थिक वर्ष २०७३÷०७४ मा संघबाट भए गरेका विभिन्न कार्यक्रमहरु लगायत सदस्यहरुको हकहितको संरक्षण र संवद्र्धनका साथै जिल्लाको व्यावसायिक क्षेत्र, पर्यटन क्षेत्र, सामाजिक विकासमा टेवा पुग्ने खालका कार्यक्रमहरुलाई वार्षिक प्रतिवेदनको रुपमा प्रस्तुत गर्नु भएको थियो सो कार्यक्रममा संघका वाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराईबाट धन्यवाद मन्तव्य व्यक्त गरिएको थियो । सभा संचालन महासचिव श्री यादव सिंह कार्कीले गर्नु भएको थियो ।

समुद्घाटन समारोह पश्चात आयोजित बन्द सत्रमा वाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराइको स्वागत मन्तव्य पश्चात कोषाध्यक्ष दिपक पााण्डेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७३÷०७४ को लेखा प्रतिवेदन र आर्थिक वर्ष २०७४÷०७५ को अनुमानित आय व्यय व्यापक छलफल पश्चात पारित गरिएको थियो । बन्द सत्रमा संघका सदस्य श्री कपिल कार्की, श्री ओम मलेगो, श्री शशी श्रेष्ठ लगायतले विभीन्न बिषयका सम्बन्धमा जिज्ञासा राख्नुका साथै व्यवसायिक हक हितका लागि एवं संस्थागत विकासका लागि उपयोगी सुझावहरु राख्नु भएको थियो ।