नामः  पाल्पा उद्योग वाणिज्य संघ(पाउवासं.) Palpa Chamber of Commerce Industry(PCCI)

ठेगानाः भगवतीस्थान, वडा नं. ८, तानसेन, पाल्पा

फोन÷ ०७५ – ५२०१३३ र ५२११६४

फ्याक्सः ०७५ – ५२१३२५

ई–मेलः pcci_palpa@ntc.net.np

स्थापनाः वि.सं. २०२३

१.परिचयः

पाल्पा उद्योग वाणिज्य संघ, पश्चिम नेपालको प्राचीन ऐतिहासिकता बोकेको पहाडी जिल्ला पाल्पाका उद्योगी व्यापारी व्यवसायीहरुबाट गैर सरकारी, गैर राजनीतिक, एवं उद्योगी व्यापारी व्यवसायीहरुको प्रतिनिधिमूलक संस्थाको  रुपमा तानसेन, पाल्पामा स्थापित छ । स्व. श्री भगवती प्रसाद प्रधानज्यूको अध्यक्षतामा वि.सं. २००९ सालमा पाल्पा व्यापार संघको नामबाट स्थापनाको प्रयास प्रारम्भ भए पनि त्यसले निरन्तरता नपाए पछि पुनः वि.सं.२०१५ सालमा स्व. श्री रामलाल कक्षपतिको सभापतित्वमा पुनर्जिवित गर्ने प्रयास गरीयो । तत्पश्चात वि.सं. २०२३ साल मार्ग ११ गते श्री केशव लाल श्रेष्ठको अध्यक्षतामा पुनस्र्थापित भई पाल्पा जिल्लाका उद्योगी एवं व्यापारी वर्ग तथा उपभोक्ताहरुको हित, संरक्षण र प्रगतिका साथै देश विकासको काममा देश काल परिस्थिति अनुसार नेपाल सरकार र उद्योगी एवं व्यापारीहरुको बिच सौहार्दता कायम गरी उद्योग तथा वाणिज्यको क्षेत्रमा चौतर्फी विकास गर्ने  मूल उद्देश्यका साथ यस संघले निरन्तरता पाउँदै आएको छ । वि.सं.२०३४ सालमा यस संघलाई व्यापकता प्रदान गर्न संघको नाम परिवर्तन गरी पाल्पा उद्योग वाणिज्य संघ नामाकरण गरीयो । वि.सं. २०५० सालमा यो संघ जिल्ला प्रशासन कार्यालय, पाल्पामा संस्था दर्ता ऐन २०३४ अन्तर्गत सामाजिक संस्थाको रुपमा दर्ता गरिएको छ । वि.सं. २०५१ सालमा नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध ‘क’ वर्गको उद्योग वाणिज्य संघका रुपमा पाल्पा उद्योग वाणिज्य संघ क्रियाशील रहँदै आएको छ ।

२. मूख्य लक्ष्यः—

उद्यमी–व्यवसायीहरुको हक हितको संरक्षण र संवद्र्धनका साथै जिल्लाको दीगो आर्थिक, सामाजिक विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने ।

३. परिकल्पनाः—

जिल्लाको आर्थिक विकासमा साझेदार, अधिकांश उद्यमी–व्यवसायीहरुको प्रतिनिधिमूलक र प्रवद्र्धक, व्यावसायिक सचिवालय सहित सेवा प्रदायक सबल संस्थाको रुपमा विकास गर्ने ।

४. उद्देश्यहरुः

यस संघका प्रमुख उद्देश्यहरु तपशिल बमोजिम छनः

  • उद्योग वाणिज्य क्षेत्रको हक हित र सुविधाहरुको संरक्षण र संवद्र्धन गर्नु ।
  • उद्योग वाणिज्य सम्बन्धी विवाद सुल्झाउन मध्यस्थता गर्नु गराउनु ।ड्ड स्वदेशी उत्पादन र व्यापारलाई प्रोत्साहन गर्नु ।
  • अर्थ, उद्योग, वाणिज्य र अन्य व्यवसायसंग सम्बन्धित ऐन, नियम, नीति, कार्यक्रम आदिको विवेचना गर्ने, प्रतिक्रिया व्यक्त गर्ने, सुझाव पेश गर्ने ।
  • आफ्ना सदस्यहरु बीच परस्पर सहयोग र सद्भावनाको विकास गर्नु ।
  • पाल्पा जिल्लाको उद्योग, वाणिज्य क्षेत्रको विकास र विस्तारका लागि नगर, जिल्ला, क्षेत्रिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग सम्बन्ध र समन्वयको विकास  गरी आवश्यक सहयोग जुटाउने ।
  • उद्योगी व्यापारी वर्गमा एकता तथा बन्धूत्वको भावनाको विकास गर्ने ।ड्ड पाल्पा जिल्लाको शिक्षा, स्वास्थ्य, पर्यटन र कुटीर उद्योगको विकासको लागि तथा विभिन्न सामाजिक संघसंस्थालाई सक्दो सहयोग पु¥याउने ।
  • हस्तकला, शिल्पकला, औद्योगिक, व्यापारिक, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, संचार सम्बन्धी प्रदर्शनी गर्नु, गराउनु र अन्य क्षेत्रहरुमा हुने यस प्रकारका प्रदर्शनीहरुमा भाग लिनु, लिन लगाउनु ।
  • उद्योगी व्यापारी व्यवसायीहरुको प्रतिष्ठा बढाउने, उद्देश्य पुरा हुने कुनै पनि कार्य गर्ने गराउने ।

५. यस संघका क्रियाकलापहरु तपशिल बमोजिम छनः—

  • उद्योग र व्यापार व्यवसायको प्रवद्र्धन र विकासका लागि तालिम, गोष्ठी तथा सेमिनारहरुको आयोजना गर्नु ।
  • औद्योगिक व्यापारिक प्रदर्शनी तथा मेलाहरुको आयोजना गर्नु ।
  • उद्योग र व्यापारसँग सम्बन्धित  प्रकाशनहरु प्रकाशित गर्नु ।
  • व्यवसायिक सेवाहरु संचालन गर्नु ।
  • व्यवसायिक आचार संहिता लागू गराउनु ।
  • समय समयमा जिल्ला तथा नगरको समुचित विकासमा टेवा पुग्ने खालका सामाजिक क्रियाकलापहरु संचालन गर्नु ।