25 Nov 2016

पाल्पामा प्रथम उद्योग दिवस मनाईयो

नेपाल सरकारले २०७१ चैत्र २० गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रथम उद्योग दिवस मनाउनुका साथै उद्योग व्यवसायलाई प्रवद्र्धनका निम्ती उद्योग मन्त्रालय उद्योग विभाग घरेलु तथा साना उद्योग कार्यालय, पाल्पाको मुख्य आयोजना तथा पाल्पा उद्योग वाणिज्य संघको र घरेलु तथा साना उद्योग महासंघ, पाल्पाको सह(आयोजनामा “औधोगिक क्षेत्रमा लगानी, सम्बृद्धिको सुनौले विहानी” भन्ने नाराका साथ प्रथम उद्योग दिवस पाल्पामा पनि मनाईएको छ । नेपालमा पहिलो पटक उद्योग परिषद्को स्थापना वि.सं १९९२ मंसिर ९ गते भएकोले त्यसैलाई आधार मानि हरेक बर्ष मंसिर ९ गते लाई मनाउने निर्णय मन्त्रिपरिषद्बाट भएकोले अधिकतम रोजगारी सृजना, राजश्व, स्वदेशि कच्चा पदार्थ प्रयोग, स्वदेशी वस्तु निर्यात, हस्तकला तथा परम्परागत क्षेत्रमा उद्योग हरुलाई यो दिवसले औद्योगिक क्षेत्रलाई प्रर्वद्धन गर्ने विस्वास छ । कार्यक्रमको शुरुवातमा नगरमा प्रभात फेरी गरिएको थियो । जिल्ला विकास समिति, पाल्पाका योजना, अनुगमन तथा प्रशाशनिक अधिकृत चुरामणि बस्यालले स्वगत मन्तव्य दिनभएको उक्त कार्यक्रममा होमस्टे एशोसियन नेपालका केन्द्रिय उपाध्यक्ष घनिश्वर बस्याल, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन वि.क, घरेलु तथा साना उद्योग महासंघ पाल्पाका अध्यक्ष हरिकृष्ण के .सी, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले शुभकामना मन्तव्य राख्नुभएको थियो । घरेलु तथा साना उद्योग कार्यालय, पाल्पाका उद्योग अधिकृत बालकृष्ण गैरेको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमको आतिथ्यतामा पाल्पा उद्योग वाणिज्य संघको शभाहलमा भएको उक्त कार्यक्रमको संचालन पाल्पा उद्योग वाणिज्य संघका महासचिव यादव सिहं कार्कीले गर्नेुभएको थियो ।