29 Mar 2024

पाल्पा उद्योग वािणज्य संघको स्वर्ण महोत्सव–२०७४ विविध कार्यक्रमहरुका साथ मनाईयो

१) पूजा आराधना तथा लाखबत्ती प्रज्ज्वलन तथा भजन–कीर्तन कार्यक्रम

   

पाल्पा उद्योग वािणज्य संघले भाद्र ९ गतेदेखि २० गतेसम्म विभिन्न कार्यक्रमका साथ स्वर्ण महोत्सव  मनाइएको छ । संघ स्थापनाको ५० औं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित विविध कार्यक्रममा भाद्र ९ गते शुक्रबार पूजा, आराधना तथा लाखबत्ती प्रज्ज्वलन तथा भजन–कीर्तन कार्यक्रम भगवती मन्दिर परिसरमा सम्पन्न भएको थियो । सो कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, सरकारी कार्यालयका प्रमुखहरु, धार्मिक संस्था एवं भजन समुह तथा संघका कार्यसमिति सदस्य लगायतको सक्रीय सहभागिता रहेको थियो । सो कार्यक्रमको प्रायोजन ज्ञानेन्द्र अटो वक्र्सले गरेको थियो ।

 

२) नगर सरसफाई कार्यक्रम

स्वर्ण महोत्सव कै सन्दर्भ पारेर उद्योग वािणज्य संघ स्वर्ण महोत्सव मुल आयोजक समितिले भाद्र १० गते शनिबार बिहान संघको परिसरबाट नगर सरसफाई कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरीका सुरक्षाकर्मी, नेपाली सेनाका जवान तथा शशत्र प्रहरी बलका जवानहरुको उपस्थितिमा संघको परिसरबाट सुरु भई शित्तलपाटी सडक हुदै टुडिखेलमा रहेको फुलबारीमा समेत सरसफाईल गरेको थियो । 

 

 

 

३) बिरामीहरुलाई पोषणयुक्त खाना वितरण

स्वर्ण महोत्सव–२०७४ कै सन्दर्भ पारेर उद्योग वाािणज्य संघ पाल्पाले भदौ ११गते आईतबारका दिन पाल्पा जिल्ला अस्पतालमा बिरामीहरुलाई फलफूल तथा पोषणयुक्त खाना वितरण कार्यक्रम सम्पन्न गरेको छ । साथै सोही कार्यक्रममा पाल्पा जिल्ला अस्पतालको लागि टेलिभिजन एवं भित्ते घडी समेत प्रदान गरिएको थियो उक्त कार्यक्रमको प्रायोजक पाल्पा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य भिम बहादुर श्रेष्ठ एवं शान्तिदेवी श्रेष्ठ ले गर्नुभएको    थियो ।

४) असाहय तथा अशक्तलाई सहयोग सामाग्री वितरण

यस्तै सोही दिन खस्यौली पाल्पामा असहाय तथा अशक्तहरुलाई प्रेसर कुुकर, कपडा, भाँडा लगायत अन्य खाद्य वस्तुहरुको सहयोग सामाग्री वितरण गरिएको छ । उक्त कार्यक्रमको प्रायोजक पाल्पा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य भिम बहादुर श्रेष्ठ एवं शान्तिदेवी श्रेष्ठ ले गर्नुभएको    थियो ।

५) निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम

संघले भाद्र १२ गते स्वर्ण महोत्सव कै अवसरमा पाल्पा उद्योग वाणिज्य संघको सभाहलमा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रमको प्रायोजन लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले गरेको थियो भने लायन्स लाकौंल आँखा अस्पताल तथा जिल्ला स्वास्थ्य कार्यालयको सहयोग रहेको थियो । कार्यक्रममा २ सय भन्दा बढी सहभागीहरुको स्वास्थ्य तथा आँखा परीक्षण गरेका थिए भने २० जनाले रक्तदान गरेका थिए ।

६) व्यवसायीहरुलाई करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

संघको स्वर्ण महोत्सवको अवसरमा भाद्र १४ गते संघको सभाहलमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । आन्तरिक राजस्व कार्यालय बुटवल र करदाता सेवा कार्यालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा आन्तरिक राज्स्व कार्यालय बुटवलका प्रमुख दुर्गादत्त भण्डारी र करदाता सेवा कार्यालय पाल्पाका प्रमुख बासुदेव नेपालले कर शिक्षा कानुनका विषयमा प्रशिक्षण दिएका थिए ।

७) “पाल्पा उद्योग वािणज्य संघ र पर्यटन उद्योग” विषयमा छलफल कार्यक्रम 

यसै सन्दर्भमा “पाल्पा उद्योग वािणज्य संघ र पर्यटन उद्योग” विषयमा छलफल कार्यक्रम संघका पूर्व अध्यक्षहरु, जिल्लास्थित विभिन्न व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि लगायत सञ्चारकर्मीहरुको सहभागितामा छलफल कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम भाद्र १९ गते बिहान १०ः३० बजेदेखि नगरपालिका हलमा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि माननीय सांसद श्री हरि प्रसाद नेपालज्यू रहनु भएको थियो । यसैगरी सोही दिन संघको नवनिर्मित बहुउद्देश्यीय भवनको अवलोकन कार्यक्रम पनि भएको थियो । तानसेन गोर्खेकोटमा रहेको संघको नवनिर्मित भवन अवलोकन कार्यक्रम दिउँसो ३ः३० बजे सम्पन्न गरिएको थियो । 

८) पुनर्मिलन तथा सांस्कृतिक कार्यक्रम

 

स्वर्ण महोत्सव–२०७४ को अवसरमा नै भाद्र १९ गते सोमबारका दिन पुनर्मिलन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरीएको थियो । वर्तमान कार्यसमिति र पुर्व कार्यसमितिहरुको मिलन कार्यक्रम भाद्र १९ गते साँझ ५ः०० बजे नगरपालिका हलमा भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य श्री चकोरमान शाक्य हुनुहुन्थ्यो भने कार्यक्रमकोे प्रायोजन वेष्ट क्वालिटी आईसक्रिम, भरतपुरले गरेको थियो ।

९) स्वर्ण महोत्सव–२०७४ को मुल समारोह

पाल्पा उद्योग वाणिज्य संघको स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको स्वर्ण महोत्सव–२०७४ को मुल समारोह भदौ २० गते मंगलबार सम्पन्न गरिएको थियो ।   महोत्सव पूर्व सास्कृतिक झाँकी ¥याली आयोजना गरिएको थियो । उक्त ¥यालीमा विभिन्न सामाजिक संघसंस्था, शैक्षिक संस्थाहरु, टोल विकास संस्थाहरु, सरकारी कार्यालयहरुबाट आकर्षक एवं धार्मिक, जातीय भेषभुषा, झाँकी सहितको ३० भन्दा बढी समूहबाट तानसेन बजार परिक्रमा गरिएको थियो । स्वर्ण महोत्सव–२०७४ को मुल समारोह कार्यक्रमको समुद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री भवानी राणाज्यूबाट भएको थियो । सो अवसरमा पाल्पा उद्योग वाणिज्य संघको आधिकारीक ध्भद क्ष्तभ उबउिबअजबmदभच।यचन।लउ र स्वर्ण स्मारीका २०७४ को समेत विमोचन गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न वरिष्ठ व्यक्तिहरु, क्षेत्रीय तथा जिल्लास्तरका उद्योग वाणिज्य संघका विभिन्न प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्ति एवं संघका पूर्व अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरु, व्यवसायीहरु, सञ्चारकर्मी लगायत धेरैको उपस्थिति रहको थियो । साथै यसै अवसरमा संघका वर्तमान एवं पुर्व पदाधिकारी, कार्यसमिति सदस्य तथा जिल्लाको पर्यटन, उद्योग र व्यापारको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यवसायीहरुलाई समेत सम्मान गरिएको थियो । उक्त कार्यक्रमहरुको  अध्यक्षता पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष तथा संचालन महासचिव यादव सिंह कार्कीले गर्नुभएको थियो ।