29 Mar 2024

नेउवा महासंघ प्रदेश उद्योग वाणिज्य महासंघ प्रदेश नं ५का पदाधिकारी सहितका अतिथीहरुको स्वागत

मिति २०७४ पुष २५ गतेका दिन नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एक गाँउ एक उत्पादन कार्यक्रमका संयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ५ का अध्यक्ष श्री गुणनिधि तिवारी संघ संघमा पाल्नु भएका उपाध्यक्ष हेमराज वन्जाडे, दिपक कुमार पौडेल सदस्यहरुमा दुर्गा प्रसाद पाण्डे, ज्ञानुराम न्यौपाने, उज्जवल प्रसाद कसजु, कृष्ण कुमार श्रेष्ठ, यज्ञ प्रसाद भट्टराई, लगायतका अतिथिहरुलाई पाल्पा उद्योग वाणिज्य संघले स्वागत सहित छलफल कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई पाल्पा जिल्लामा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो । साथै कार्यसमिति बैठकको लागी पाल्पा जस्तो मनोरम स्थानलाई छनौट गरि स्वागत गर्ने अवसर समेत दिनुभएकोमा धन्यवाद प्रकट गर्नुभएको थियो । सोही कार्यक्रममा बोल्दै अध्यक्ष तिवारीले देशमा संघीय संरचना आईसकेको अवस्थामा पाल्पा र आसपासका क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि पाल्पाली निजी क्षेत्रले सरकारलाई सकारात्मक सुझाव र कार्यक्रम दिनुपर्ने बेला आएको बताउनुभएको थियो । कार्यक्रम संघका अध्यक्ष मोहन प्र श्रेष्ठको सभापतित्व र सचिव उत्तम कुमार बज्राचार्यको संचालनमा पाल्पा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो ।