पाल्पा उद्योग वाणिज्य संघको ६१औं साधारण सभा सम्पन्न
पाल्पा उद्योग वाणिज्य संघको ६१औं साधारण सभा २०७३ पौष २३ गते शनिबारका दिन बालमन्दिर, तानसेनको सभा कक्षमा सम्पन्न गरिएको थियो ।
पाल्पा उद्योग वाणिज्य संघको पत्रकार सम्मेलन
फाल्गुन १२ गते देखि २२ गते सम्म तानसेनको टुडिखेल मैदानमा संचालन हुन गईरहेको पाल्पा महोत्सव २०७३ को सन्र्दभमा पाल्पा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरेको थियो ।
प्रदेश नं ५ को सीमाङ्कनका बारेमा पाल्पा उद्योग वाणिज्य संघको विज्ञप्ती एवं संशोधनको विरोध
पाल्पा उद्योग वाणिज्य संघले नेपालको संविधान २०७२ को दोस्रो संशोधनका लागि नेपाल सरकारले मिति २०७३ मंसिर १४ गते साँझ पेश गरेको प्रदेश नं ५ को सिमाङकन हेरफेरमा पाल्पा, गुल्मी, अर्घाखाची लगायतका पहाडी जिल्लाहरुलाई प्रदेश नं ५ बाट टुक््रयाई अन्य प्रदेशमा समाबेश गर्ने भन्ने प्रस्तावका सम्बन्धमा यस क्षेत्रको ऐतिहासिक सास्कृतिक एवं प्रभावशाली जिल्लाको प्रतिनिधिमूलक संस्था पाल्पा उद्योग वाणिज्य संघले मंसिर १७ गते विज्ञप्ती निकालेको थियो एवं संशोधनको विरोधमा हरेक दिन विभिन्न रचनात्मक कार्यक्रममा राजनीतिक दलहरुसंगै हातेमालो गरेको थियो ।
पाल्पा उद्योग वाणिज्य संघ द्धारा स्थानिय विकास अधिकारी तथा प्रमुख जिल्ला ईन्जिनियरलाई स्वागत
पाल्पामा सरुवा भई आउनु भएका स्थानिय विकास अधिकारी श्री राम प्रसाद पाण्डे तथा प्रमुख जिल्ला ईन्जिनियर श्री निर्मल प्याकुरेल लाई पाल्पा उद्योग वाणिज्य संघले स्वगत कार्यक्रम सम्पन्न गरेको छ ।
पाल्पामा प्रथम उद्योग दिवस मनाईयो
नेपाल सरकारले २०७१ चैत्र २० गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रथम उद्योग दिवस मनाउनुका साथै उद्योग व्यवसायलाई प्रवद्र्धनका निम्ती उद्योग मन्त्रालय उद्योग विभाग घरेलु तथा साना उद्योग कार्यालय, पाल्पाको मुख्य आयोजना तथा पाल्पा उद्योग वाणिज्य संघको र घरेलु तथा साना उद्योग महासंघ, पाल्पाको सह(आयोजनामा “औधोगिक क्षेत्रमा लगानी, सम्बृद्धिको सुनौले विहानी” भन्ने नाराका साथ प्रथम उद्योग दिवस पाल्पामा पनि मनाईएको छ ।
संघ व्यवस्थापन तथा त्रि–वर्षिय कार्ययोजना गोष्ठी सम्पन्न
यस संघले मिति २०७३ मंशिर १ देखि ३ गते सम्म नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा आईसल्यन्ड जंङ्गल रिर्सोट थारु भिलेजमन संघ व्यवस्थापन तथा त्रि–वर्षिय कार्ययोजना गोष्ठी सम्पन्न गरी आगामी ३ वर्षका लागि संघको लक्ष्य तथा परिकल्पना निर्धारण गर्दै आ.व.२०७३÷०७६ सम्मको लागि संघको कार्यक्रमहरु तर्जुमा गरेको छ ।