• PALPA CHAMBER OF COMMERCE & INDUSTRY BUILDING

Palpa Chamber of Commerce and Industry

स्वागतम

पाल्पा उद्योग वाणिज्य संघ Palpa Chamber of Commerce and Industry

पाल्पा उद्योग वाणिज्य संघ, पश्चिम नेपालको प्राचीन ऐतिहासिकता बोकेको पहाडी जिल्ला पाल्पाका उद्योगी व्यापारी व्यवसायीहरुबाट गैर सरकारी, गैर राजनीतिक, एवं उद्योगी व्यापारी व्यवसायीहरुको प्रतिनिधिमूलक संस्थाको  रुपमा तानसेन, पाल्पामा स्थापित छ । स्व. श्री भगवती प्रसाद प्रधानज्यूको अध्यक्षतामा वि.सं. २००९ सालमा पाल्पा व्यापार संघको नामबाट स्थापनाको प्रयास प्रारम्भ भए पनि त्यसले निरन्तरता नपाए पछि पुनः वि.सं.२०१५ सालमा स्व. श्री रामलाल कक्षपतिको सभापतित्वमा पुनर्जिवित गर्ने प्रयास गरीयो ।

तत्पश्चात वि.सं. २०२३ साल मार्ग ११ गते श्री केशव लाल श्रेष्ठको अध्यक्षतामा पुनस्र्थापित भई पाल्पा जिल्लाका उद्योगी एवं व्यापारी वर्ग तथा उपभोक्ताहरुको हित, संरक्षण र प्रगतिका साथै देश विकासको काममा देश काल परिस्थिति अनुसार नेपाल सरकार र उद्योगी एवं व्यापारीहरुको बिच सौहार्दता कायम गरी उद्योग तथा वाणिज्यको क्षेत्रमा चौतर्फी विकास गर्ने  मूल उद्देश्यका साथ यस संघले निरन्तरता पाउँदै आएको छ ।

Commerce and Industry

समाचार र कार्यक्रमहरू