23 Nov 2024

पाल्पा उद्योग वाणिज्य संघको पत्रकार सम्मेलन

“पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापारस अवसर र संभावना छ अपार” भन्ने मूल नाराका साथ यहि मिति २०७४ फाल्गुन ३ गते देखि २३ गते सम्म तानसेनको टुडिखेल मैदानमा संचालन हुन गईरहेको ५ नं प्रदेश स्तरीय १२ औं पाल्पा महोत्सव २०७४ को सन्र्दभमा पाल्पा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरेको थियो ।
उक्त पत्रकार सम्मेलन मा प्रचार प्रसार उपसमितिका संयोजक बिष्णुमान बज्राचार्यले स्वागत मन्तव्य राख्नुहुदै पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुने उक्त महोत्सवले पाल्पा जिल्लाको कृषि, पर्यटन, घरेलु उद्योग तथा व्यापारको व्यवसायिक प्रवद्र्धन, जिल्लाको कला, संस्कृतिको संरक्षण र संवद्र्धनका साथै संघको बहुउद्देश्यीय भवन निर्माणका लागि सहयोग जुटाउने मूख्य उद्देश्यका साथ प्रदेश स्तरीय १२ औं पाल्पा महोत्सव–२०७४ आयोजना गर्न लागेको बताउनुभएको थियो । सोही कार्यक्रममा बोल्दै पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले संघले आफ्नो स्थापनाकालदेखि नै संघमा आवद्ध उद्योगी व्यापारी व्यवसायी सदस्यहरुको पेशागत हकहितका साथै सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा जिल्लाकै आर्थिक, सामाजिक, शैक्षिक विकासमा टेवा पुग्ने खालका अनगिन्ती गतिविधिहरु अनवरत् रुपमा सम्पन्न गर्दै आईरहेको बताउनुभएको थियो । सोही कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले महोत्सवबाट जिल्लामा उत्पादित वस्तु तथा सेवाले प्रतिस्पर्धात्मक रुपमा बजार व्यवस्थापन, समुचित बजारीकरण गर्न मद्दत पुग्नुका साथै यो जिल्लालाई करुवा र ढाकाका अतिरिक्त ‘अदुवा’ को जिल्लाका रुपमा थप चिनाउन मद्दत मिल्ने बताउनुभयो । १२औं संस्करणको रुपमा हुन लागेको यस महोत्सवमा यस जिल्लाबाट उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, बिक्री, वितरणका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत प्रदर्शनी गरिने जसले गर्दा विश्वको बदलिंदो परिस्थितीमा भैरहेको नयाँ नयाँ प्रविधि र उत्पादनको सहजरुपले ज्ञान हासिल गर्न सक्नेछन् । महिला उद्यमी, घरेलु उद्योग, कुटीर उद्योग, कृषि उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनीका साथै धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो ग्यालरी र स्वरुप प्रर्दशनी रहने बताउनुभयो । साथै पाल्पा महोत्सवको मुख्य आकर्षणको रुपमा तानसेन नगरपालिका वडा नं ६ भिमसेन टोलमा रहेको विरेन्द्र पार्कमा जिर्ण हुदै गएको सुन्दर बगैचा मर्मत सम्भार गरि दर्शकहरुलाई आकर्षित पार्ने जमर्को गरीएको बताउनुभयो ।
सोही कार्यक्रममा बोल्दै पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले जिल्लाको समग्र आर्थिक, सामाजिक विकासमा टेवा पु¥याउने र सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा पाल्पा उद्योग वाणिज्य संघले महोत्सवबाट उठेको रकम बाट पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पहल गर्नुपर्ने बताउनुभएको थियो साथै संचार क्षेत्रको तर्फबाट पुर्ण साथ र समर्थन रहेको जानकारी गराउनुभएको थियो ।
उक्त कार्यक्रम पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको अध्यक्षता र महासचिव यादव सिंह कार्कीको संचालनमा सम्पन्न भएको थियो ।