3 Oct 2017

पाल्पा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन एवं शपथ ग्रहण कार्यक्रम सम्पन्न

नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारी कार्यसमितिलाई पाल्पा उद्योग वाणिज्य संघ निर्वाचन आयोगका निर्वाचन अधिकृत एवं त्रि.बि क्याम्पस प्रमुख जीवन बहादुर थापाले पदस्थापन तथा सपथ ग्रहण गराउनुभएको थियो ।
पाल्पा उद्योग वाणिज्य संघले असोज ८ गते सम्पन्न गरेको निर्वाचन बाट अध्यक्ष मोहन प्रसाद श्रेष्ठ, वाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराई, उद्योग उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, निर्वाचित भएका थिए । यस्तैगरी कार्यसमिति सदस्यमा ईश्वरी प्रसाद श्रेष्ठ, दिपक ढुंगाना, कमल बहादुर थापा क्षेत्री, बिष्णु प्रसाद न्यौपाने श्रीप्रकास ढुङ्गाना, दुष्यान्त भण्डारी, प्रविन राज शाक्य, बिनायक महर्जन, अशोक कुमार वि.क, रुपेश महर्जन, गोविन्द सिंह कार्की, सुरेन्द्र कर्माचार्र्य,राजिव श्रेष्ठ, समिर मान सिंह, दिपक प्रसाद पाण्डेय, ओम ध्वज राजलवट, प्रेम श्रेष्ठ, भिम बहादुर श्रेष्ठ, बसन्त लाल बज्राचार्य, बिष्णुमान बज्राचार्य निर्वाचित भएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम गौतम, निर्वाचन अधिकृत जीवन बहादुर थापा , पूर्वसभासद नारायणी शर्मा, पूर्व सांसद् यादव बहादुर रायमाझी, नेपाली काँगे्रसका सचिव झपेन्द्र गैरे, नेकपा एमालेका डा. पुरन बज्राचार्य, नेकपा माओवादी केन्द्रका प्रेम शाही, नेकपा मालेका अध्यक्ष धनराज पौडेल, अखण्ड नेपाल पाटीका अध्यक्ष दिनेश रावल, नेपाल पत्रकार महासंघ पाल्पाका सभापति राजेशकुमार अर्याल लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिएका थिए । निवर्तमान अध्यक्ष राजु मर्हजनको स्वागत वर्तमान अध्यक्ष मोहन प्रसाद श्रेष्ठको धन्यवाद ज्ञापन र संघका कार्यकारी सचिव सन्देश गैरेको संचालनमा भएको थियो ।