पाल्पा महोत्सव २०७३ को आय व्यय सार्वजनिक
“हामी सबैको उत्सव, पाल्पा महोत्सव २०७३” भन्ने मूल नाराका साथ यस जिल्लाको सु्न्दर नगरी तानसेनको टुँडिखेल मैदानमा २०७३ फागुन १२ गते देखि २२ गते सम्म ११ दिने पाल्पा महोत्सव सम्पन्न गरिएको थियो । पाल्पा जिल्लाको कृषि, पर्यटन, घरेलु उद्योग तथा व्यापारको व्यवसायिक प्रवद्र्धन, जिल्लाको कला, संस्कृतिको संरक्षण र संवद्र्धनका साथै संघको बहुउद्देश्यीय भवन निर्माणका लागि सहयोग जुटाउने मूख्य उद्देश्यका साथ पाल्पा महोत्सव–२०७३ आयोजना गरिएको थियो । “हामी सबैको उत्सव, पाल्पा महोत्सव २०७३” भन्ने मूल नाराका साथ यस जिल्लाको सु्न्दर नगरी तानसेनको टुँडिखेल मैदानमा २०७३ फागुन १२ गते देखि २२ गते सम्म ११ दिने पाल्पा महोत्सव सम्पन्न गरिएको थियो । पाल्पा जिल्लाको कृषि, पर्यटन, घरेलु उद्योग तथा व्यापारको व्यवसायिक प्रवद्र्धन, जिल्लाको कला, संस्कृतिको संरक्षण र संवद्र्धनका साथै संघको बहुउद्देश्यीय भवन निर्माणका लागि सहयोग जुटाउने मूख्य उद्देश्यका साथ पाल्पा महोत्सव–२०७३ आयोजना गरिएको थियो । सार्वजनिक कार्यक्रममा बोल्दै पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष एवं पाल्पा महोत्सव २०७३ मुल आयोजक समितिका संयोजक मोहन प्रसाद श्रेष्ठज्यूले बिभिन्न र्शीषकमा १ करोड ४३ लाख ९४ हजार ४ सय १५ रुपैया आम्दानी भएको मध्ये ७५ लाख ५४ हजार ६ सय २६ रुपैया खर्च कटाएर ६८ लाख ३९ हजार ७ सय ८८ रुपैयाँ बचत भएको जानकारी दिनुभएको थियो । यस अवसरमा पाल्पा महोत्सव लाई सफल पुर्यउनुहुने पाल्पा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष, सल्लाहकार, तथा पदाधीकारी कार्यसमिति सदस्य, आमन्त्रित सदस्य संयोजक एवं साधारण सदस्यहरु पाल्पा महोत्सव २०७३ का आयोजक, सहआयोजकहरु तथा मुख्य प्रायोजक, बिशिष्ट प्रायोजक, प्रर्बधक, सह प्रायोजक र विज्ञापन दाताहरु, पाल्पा महोत्सव २०७३ का मुल आयोजक समिति, पाल्पा जिल्लका क्रियाशिल राजनितिक दल, नागरिक समाज, प्रशासन, सुरक्षा निकाय, पत्रकार एवं सञ्चारकर्मी , उद्योगी व्यापारी आम पाल्पाली दाजुभाई दिदि बहिनी सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै बचतमध्ये ४० प्रतिशत संघको बहुउद्देश्यि भवन निर्माणमा, ३० प्रतिशत सचिवालय व्यवस्थापनमा, १५प्रतिशत प्रर्यटन प्रर्बधनमा, १० प्रतिशत संघको आउदै गरेको स्वर्ण महोत्सवको लागि एवं ५ प्रतिशत रकम तानसेन टुँडिखेलको मर्मत सम्भारको लागि खर्च गरिने व्यवहोरा जानकारी गर्नुभएको थियो । सोही कार्यक्रममा मन्तव्य राख्दैं नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा, पाल्पा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष हरि रायमाझी, प्रमुख जिल्ला अधिकारी बावुराम गौतम, जिल्ला न्यायाधिस भरतमणि खनालले बोल्दै पाल्पा महोत्सव महोत्सव २०७३ पुर्ण सफल भएको बताउदैं बचतको प्रतिफल देखिने उदाहरणीय काम संघले गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रम संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको अध्यक्षता, वाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराईको स्वागत मन्तव्य एवं महासचिव यादव सिंह कार्कीको संचालनमा भएको थियो ।