पाल्पा नेपालको पश्चिमान्चल क्षेत्र अन्तर्गत लुम्बिनी अंचलको एक रमणीय जिल्ला हो । भारतमा मुगलहरुको आक्रमण सहन नसकी तुथाराय सेन प्रयागबाट धपिएर बुटवलको बाटो भएर रिसिङ्ग –हालको पाल्पा, फेक गाविस वडा नं. ४) मा  लामो समयसम्म बसी पछि रिब्दीकोट –कुसुमखोला, पालुङ्गमैनादी र ठिमुरे गाविसको सांधमा पर्ने) मा आफ्नो स्वतन्त्र राज्य स्थापना गरे । तानसेन आउनुअधि सेनवंशीय राजाहरु शिलाङ्गथोकको नजिक रहेको पुरानकोट –हाल भैरवस्थान गाविस) लाई राजधानी बनाई शासन गरेको ईतिहासमा उल्लेख गरेको पाईन्छ । वि.सं. १३६३ मा तुथाराय सेनदेखि प्रारम्भ भई पाल्पा राज्यको संस्थापक मानिने रुद्र सेनले १५६३ मा पाल्पाको राज्यको स्थापना गरेको थिए । झण्डै ४९८ वर्षसम्म शासन गर्ने पाल्पाली सेन राजाहरुमध्ये  पछिल्ला पृथ्वीपाल सेनको पालामा बहादुर शाह र भीमसेन थापाको रणनीतिक चतु¥याइंले पाल्पा राज्य वि.सं. १८६१ मा नेपाल राज्यमा गाभियो । मुकुन्द सेन प्रथमको नेतृत्वमा पाल्पाले काठमाडौं, धनकुटा र भोजपुरसम्म राज्य विस्तार गरेको पाईन्छ ।पाल्पा नेपालको पश्चिमान्चल क्षेत्र अन्तर्गत लुम्बिनी अंचलको एक रमणीय जिल्ला हो । भारतमा मुगलहरुको आक्रमण सहन नसकी तुथाराय सेन प्रयागबाट धपिएर बुटवलको बाटो भएर रिसिङ्ग –हालको पाल्पा, फेक गाविस वडा नं. ४) मा  लामो समयसम्म बसी पछि रिब्दीकोट –कुसुमखोला, पालुङ्गमैनादी र ठिमुरे गाविसको सांधमा पर्ने) मा आफ्नो स्वतन्त्र राज्य स्थापना गरे । तानसेन आउनुअधि सेनवंशीय राजाहरु शिलाङ्गथोकको नजिक रहेको पुरानकोट –हाल भैरवस्थान गाविस) लाई राजधानी बनाई शासन गरेको ईतिहासमा उल्लेख गरेको पाईन्छ । वि.सं. १३६३ मा तुथाराय सेनदेखि प्रारम्भ भई पाल्पा राज्यको संस्थापक मानिने रुद्र सेनले १५६३ मा पाल्पाको राज्यको स्थापना गरेको थिए । झण्डै ४९८ वर्षसम्म शासन गर्ने पाल्पाली सेन राजाहरुमध्ये  पछिल्ला पृथ्वीपाल सेनको पालामा बहादुर शाह र भीमसेन थापाको रणनीतिक चतु¥याइंले पाल्पा राज्य वि.सं. १८६१ मा नेपाल राज्यमा गाभियो । मुकुन्द सेन प्रथमको नेतृत्वमा पाल्पाले काठमाडौं, धनकुटा र भोजपुरसम्म राज्य विस्तार गरेको पाईन्छ ।

ईटलीका प्रसिद्ध विद्धान तथा ईतिहासकार प्रो. जोशेफ टुचीको भनाई अनुसार यस जिल्लाको अस्तित्व ईसाको पाचौं शताब्दीतिर थियो । त्यस समय भारत वर्ष र चीन प्रदेशको ठुलो क्षेत्र मड्गोलियाको अधिपत्यमा रहेको अड्कल काटिएको छ । उनको भनाई अनुसार मङ्गोलियन शब्द ‘वाल्वा‘ बाट पाल्पा बन्न गएको हो । यसको अर्थ सीप, कला र कालीगढ हुन्छ । यस जिल्लाको सदरमुकाम  तानसेनको नामाकरण स्थानीय किम्बदन्ती अनुसार धापमा गढेको गोरुलाई उद्धार गर्न सिंगतान भनी गुहार्दा तानसेन रहन गएको हो भन्ने छ ।
नेपाल अधिराज्यको मानचित्रलाई हेर्दा २७ डिग्री ३४मिनेट उत्तरी आक्षाशंदेखि २७ डिग्री ५७ मिनेट  उत्तरी आक्षांश र ८३ डिग्री १५ मिनेट  पूर्वी देशान्तरदेखि ८४डिग्री २२ मिनेट  पूर्व देशान्तरबीच फैलिएको पूर्वमा नवलपरासी, पश्चिममा अर्धाखाची र गुल्मी, उत्तरमा स्याड्जा, तनहुं र गुल्मी, दक्षिणमा रुपन्देही र नवलपरासीको बीचको भुभाग पाल्पा हो । यस जिल्लाको भुभागहरु समुद्री सतहबाट २०० मी. देखि २००० मी. उचाईसम्म रहेका छन् ।

यो पहाडी जिल्ला भएता पनि माडी, रामपुर, अर्गली, हुंगी, कचल, दर्पूक, सर्देवा, पूर्वखोला, अगाहांखोला, गेझावर्दले, भयलाटार, दैलातुङ्ग, दर्पुकजस्ता खेतीयोग्य उर्वर फांटहरु पनि छन् । उष्णदेखि समशीतोष्णसम्म हावापानी भएको यस भुमिमा प्राकृतिक वनस्पति तथा जैविक क्षेत्रमा विविधता पाईन्छ । यस जिल्लाको सरदर औसत तापक्रम २३ डिग्री सेल्सियस भए पनि गर्मीयाममा ३५ डिग्री भन्दा बढी र जाडो याममा ३.७ डिग्री भन्दा कम हुदैन ।
जमिनको उपयोगिताको आधारमा क्षेत्रफल

१) कृषियोग्य जमिन   ५७१७२ हे.

२) वन– जड्गल      ५३९०६ हे.

३) चरन क्षेत्र ६९९८ हे.

४) बुट्यान झाडी १७२६४ हे.

५) आवास÷अन्य १२५३ हे
जम्मा क्षेत्रफल      १३६५९३ हे.

करीब ५२.०१ प्रतिशत भुभाग ठुला रुख तथा बुट्यानहरुले ढाकिएको यस जिल्लाको खास वनपैदावरहरुमा साल, सल्लो, उत्तिस, चिलाउने, टुनी, साज, चिउरी, मौवा, खल्लुक आदि पर्दछन् । खास गरेर कचल र दोभान गाविसहरुमा साल काठ प्रशस्त पाईने र यातायातको कठिनाईका कारण रुखहरु त्यसै खेर गईरहेको  पनि पाइएको छ । जिल्लाभरिमा मदनपोखरालगायत जिल्लाका विभिन्न ठांउहरुमा वन उपभोक्ता समितिहरु मार्फत सामुदायिक वनमा वृक्षारोपण र संरक्षण कार्य पनि गरिएको छ । जिल्लामा पाईने वन्यजन्तुहरुमा बाघ, भालु, स्याल, चितुवा, बंदेल, घोरल, ढेडु, बांदर, खरायो, मृग, फ्याउरो, दुम्सी आदि पाईन्छन्  भने वन्यपंक्षीहरुमा डांफे, लुईचो, कालिज, ढुकुर, जुरेलो, काठखोलुवा, फिस्टो, तित्रो, बटई, मैना, सारस, कांडेभ्याकुर, कोईली, सुगा, न्याउली, गिद्ध, चिल, बाज, गौंथली, भंगेरा आदि देख्न पाईन्छ ।

ऐतिहासिक धरोहर

रणउजेश्वरी भगवती मन्दिर

तानसेन भगवति टोल स्थित उजीरसिंह थापाले बनाउनु भएको यो मन्दिरको छुट्टै विशेषता छ । आफ्ना सानो फौजको प्रयोगद्धारा ब्रिटिश इण्डिया कम्पनीलाई पराजित गरेमा मन्दिर बनाउने भाकल गरी युद्धमा होमिएका उजीरसिहं थापाको फौजले तत्कालीन पाल्पाको जीतगढीमा अड्ग्रेजहरुलाई परास्त गर्न सफल भएपछि बनाइएको यो मन्दिरमा विजय उत्सवकै प्रतीकस्वरुप प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन विशाल रथयात्रा उत्सव मनाईन्छ । वि.सं. १९९० मा पुरानो मन्दिर भत्किएकाले यसको पुनः निर्माण गरिएको हो ।

अमरनारायण मन्दिर

वि.सं. १९६३ मा भगवान विष्णुका भक्त अमरसिंह थापाले सुन्दर बगैचा र अटुट पानीको मुहान नजिकै निर्माण गरेका अत्यन्त कलात्मक मन्दिर अमरनारायण मन्दिर हो । यो मन्दिर तानसेन नारायण स्थानमा अवस्थित छ । भाद्र कृष्ण अष्टमीका दिन जाग्राम बस्ने र नवमीका दिनमा रथ निकाली जात्रा गर्ने परम्परा अद्यापि छंदैछ । मन्दिर संचालन गर्नका लागि गुठीको समेत ब्यवस्था गरिएको छ ।

तानसेन दरबार

पश्चिम कमाण्डर जनरल प्रतापशमशेरले प्रशासकीय कार्य सन्चालन गर्न निजि प्रयोजनका लािग वि.सं. १९६९ मा बेलायती शैलीमा बनाइएको यो दरबार ७–१४–२–१ रोपनी क्षेत्रफलमा फैलिएको छ । अत्यन्त आधुनिक शैलीमा बनाईएको यस दरबारमा ४ तला, ६३ कोठा, २ बैठक कोठा र २ बुर्जा समेत रहेको थियो । यस दरबारमा अधिकांश सरकारी कार्यालय संचालनमा रहेको थियो । माओवादी जनयुद्ध ताका ध्वस्त गराइएको यो दरबारको पुरानै स्वरुप अनुरुप पुननिर्माण कार्य भईरहेको छ ।

श्रीनगर डाँडा

तानसेन बजारबाट उत्तर तिर उकालो लागे पछि मनोरम श्रीनगरडाँडा आई पुग्दछ । जहाँबाट लामो हिमश्रृंखला देख्न सकिन्छ, सल्लाघारीको सुसेली सुन्न सकिन्छ । समुद्र सतहबाट १४९२ मीटर उचाईमा रहेको यस श्रीनगर डाँडाको शान्त बातावरणले हरेकको मनलाई आनान्दित तुल्याउंदछ । यसै डांडामा सिद्धीविनायक गणेशको मन्दिर रहेको छ भने पूर्व पट्टी श्रीनगर पारिलेक वन अवस्थित छ । यस ठाउंमा ठूलो तथा अग्लो बुद्धको मूर्ति रहेको छ । बुद्धलाई सेवा गरीरहेका हात्ती तथा बाँदरको मुर्ति पनि यस ठाउँमा रहेको छ । यस ठाउंबाट चारैतिरको हिमाल, पहाड तथा तराईको समथर मैदानहरु, माडी फाँट तथा तानसेन बजारको परिदृश्य अवलोकन गर्न सकिन्छ । बिहान सबेरै सुर्योदयको अनुपम दृश्य यस ठाउँबाट देख्न सकिन्छ । हाल श्रीनगर डाँडामा भ्यु टावरको निर्माण कार्य पनि भईरहेको छ । पाल्पा घुम्न आउने जो कोही पनि यस स्थलमा नपुग्ने हो भने उसको पाल्पा भ्रमण नै अधूरो हुन्छ ।

रानीघाट दरबार

पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम २.३० घण्टा पैदलयात्राबाट पुग्न सकिने प.क. जनरल खड्गशमशेरले आफ्नी अति प्यारी रानी तेजकुमारीको सम्झनामा ई.सं. १८९३ मा एकातर्फ बुर्जाको जग कालीगण्डकीमा नै रहेको, महलभित्र पानी पोखरी, मन्दिर, बगैचा आदि रहेको अत्यन्त मनमोहक ५६ फिट चौडाइए, ११२ फिट अग्लाई भएको चार तले भवन र त्यसको वरिपरिको वातावरणले सबैको मनमा सांच्चिकै आनन्द दिन्छ । यसले हाल पर्यटकीय सन्दर्भमा अत्यन्त महत्व राखेको छ । रानी महल नामले प्रख्यात यो रानीघाट दरबार उत्तरवाहिनी दिशामा बहेको पवित्र काली गण्डकी नदीको तिरमा अवस्थित छ ।

ऋषिकेश मन्दिर (अर्गली गाविस रिडी)

सदरमुकामबाट ३० कि.मि. पश्चिम मणिमुकुन्द सेनले स्थापना गरेको यो मन्दिरमा कलात्मक ढङ्गले कुंदिएका विभिन्न मूर्तिहरु छन् । यस क्षेत्रलाई रुरु क्षेत्र पनि भनिन्छ । श्री स्वस्थानी ब्रतकथाअनुसार यहा सतीदेवीको अङ्ग पतन भई सत्येश्वर महादे व उत्पन्न भएको थियो, त्यसैले सत्येश्वर महादेवको मन्दिर पनि छ । यस क्षेत्रमा माघे सक्रान्तिमा तीन दिनसम्म विशाल मेला लाग्दछ । स्याड्जा, पाल्पा, गुल्मीको संगमस्थल यस ठांउमा तीर्थ गर्न भारत लगायत अन्य देशका हिन्दु भक्तजनहरुसमेत आउने गर्दछन् ।

अर्गली दरबार (अर्गलीे)

अर्गली गा.वि.स. मा पर्ने यो दरबार तानसेनबाट २५ किलोमिटर पश्चिममा जुद्धशमशेरको पालामा निर्माण गरिएको यो दरबार अत्यन्त मनमोहक छ र हाल जीर्णोद्धारको प्रतिक्षामा छ । यहांबाट कालीगण्डकीको किनारमा मनोरम स्थलहरु, रुरुक्षेत्र, स्याड्जा र गुल्मी जिल्लाका विभिन्न भु–भागहरु देख्न सकिन्छ ।

राधाकृष्ण मन्दिर (सिद्धेश्वर, देउराली अर्चले)

भक्त थानेश्वर महाप्रभु (पहेंलो प्रभु) को अगुवाईमा स्थापना भएको यो मन्दिर पाल्पा जिल्लाको उत्तर पश्चिम सिद्धेश्वर गा.वि.स. वडा नं. ३ देउले अर्चलेमा पर्दछ । त्यसको नजिकमा जनदुर्गा मन्दिर, यज्ञ मण्डप, चारधाम कुण्ड, रहेका छन् । अर्चलेको छाताजस्तो गरी बसेको रमणीय जड्गलमा सिद्धेश्वर गुफा रहेको छ । यसै गा.वि.सको वडा नं. २ मा आलमकालिका मन्दिर समेत रहेको छ ।

केलादीघाटका कलात्मक मन्दिरहरु (रामपुर, दर्छा)

पूर्वी पाल्पाको रामपुर र दर्छा गा.वि.समा पर्ने कालीगण्डकीको किनारमा कलात्मक मन्दिरहरु रहेका छन् । यहां रामसीता, राधाकृष्ण र शिवका प्राचीन मुर्तिहरु दर्शन गर्न पाईन्छ । विशेष गरी रामनवमी र माघेसक्रान्तिका दिन यहां मेला लाग्ने गर्दछ । आपंका ठुला बगैचाहरु र खुला टारहरुले यस ठाउंलाई छट्टै मनमोहकता थपेको छ ।

तानसेन मुलढोका


दरबार क्षेत्रबाट उत्तरतिर शित्तलपाटीमा अवस्थित काठैकाठले बनेको यो मुलढोकालाई नेपालको सबैभन्दा ठुलो बग्गी ढोकाको रुपमा लिईन्छ ।

रिब्दीकोट

पाल्पा जिल्लाको पश्चिम क्षेत्र कुसुमखोला गा.वि.स. ठिमुरे गा.वि.स. र पालुङ्ग मैनादी गा.वि.सको विच भागमा पर्ने यस कोटको उचाई १८९३.५ मिटर छ । यस ठांउबाट सबैभन्दा धेरै हिमशृड्खंला देख्न सकिन्छ । धौलागिरी, अन्नपुर्ण, माछापुच्छ्े, लमजुङ्ग पिक, मनास्लु, गणेश हिमाल, लामटाड्, सिमिकोट, सेरशिखरलगायत अन्य सानातिना हिमशृड्खंलाहरु प्रस्ट देखिन्छन् । साथै यस ठाउंबाट रुपन्देही, नवलपरासी, कपिलवस्तु र भारतको उत्तर प्रदेशका धेरै जसो भूभागहरु हेर्न सकिन्छ ।
पालुङ्ग मैनादी बतासेबाट १ घण्टा दक्षिण रिब्दीकोट लेकमा रहेको पुरानो यो मन्दिर जीर्ण अवस्थामा रहेको छ । यसको माथिल्लो भागमा पानीका मूलहरु प्रशस्त रहेका छन् । यहांबाट लगभग १५ हजार जनसंख्यालाई खानेपानी उपलब्ध भएको छ । यस ठांउमा जलेश्वर महादेव तथा बुद्धको मुर्तिह रहेको छ । साथै यो मूर्तिलाई पाल्पा जिल्लाको सबैभन्दा जेठो बुद्धको मुर्तिको रुपमा मान्यता दिइएको छ । रिब्दीकोटमा राज्य गर्ने सेन वंशका पूर्खाहरुले नै यहा मन्दिर स्थापना गरेका थिए । यहां अहिले पनि शिवधुनी बलिरहन्छ । वर्षेनी ठूला–ठूला मेला लाग्ने यो ठाउं विवाह र वनभोजका लागि समेत प्रसिद्ध छ ।

तीन सांचा तहबिल अड्डा

राणकालीन तानसेन दरबार क्षेत्रभित्र रहेको तहबिलको ढोकामा ३ वटा सांचो लगाइने भएकाले यसलाई तीन सांचो लगाईने भएकाले यसलाई तीन सांचो भनिएको हो । त्यस बेला यो पाल्पा गौडाको राजश्व परिचालन गर्न मुख्य अड्डा थियो । तत्कालिन पाल्पा गौडा अन्तर्गतका विभिन्न जिल्लाहरु र सदरमुकाम तानसेनमा भएका रावश्व परिचालन अड्डाहरुबाट राजश्व संकलन गरी तीन सांचा जम्म गरिन्थ्यो ।

खड्गस्तम्भ

पाल्पा गैडाका तैनाथवाला खड्गशम्शेरले दरबार र मूलढोका –बग्गीढोका) निर्माण गरी दरबार अगाडि, पछाडि र मूलढोका नजिक स्तम्भहरु बनाएका थिए । ती मूलढोका नजिक रहेको यो महत्वपूर्ण स्तम्भ हो । खड्गशमशेरको नामबाट यसको नाम खड्गस्तम्भ भनिएको हो । यसको निर्माण कार्य वि.सं. १९५० तिर भएको मानिन्छ । यसलाई कसै कर्सैले विजयस्तम्भ भन्ने गरेको पाईन्छ ।

भैरव मन्दिर, भैरवस्थान

पाल्पा जिल्लाको सदरमुकामदेखि ९ किलोमिटर पश्चिम भैरवस्थान गा.वि.स. वडा नं. ५ को आकर्षण पहाडको टुप्पोमा अवस्थित विश्वकै सबैभन्दा ठुलो त्रिशुल रहेको यो मन्दिरमा प्रायः सधैभरि नै मेला लागेता पनि विशेषगरी मंगलबार र शनिबारका दिन पूजा लाग्दछ । विभिन्न चाडपर्वहरुमा बोका, हाँस, कुखुरा, र पाडाहरुको बली यहांका कालभैरवलाई दिईन्छ । यस क्षेत्रबाट अधिकांश हिमशिखरहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

माण्डब्य मन्दिर माडी

माण्डब्य ऋषिको तपोभूमिको रुपमा रहेको माडीफाटको दक्षिण दमकडांमा माण्डब्य ऋषिको मन्दिर रहेको छ । सन्त माण्डब्य ऋषिलाई चोरको आरोप लगाएर पाता फर्काई कुटेर छाडिदिएपछि उनले माडी फांटको पूर्व, दक्षिण अवस्थित सरापकोट भन्ने ठाउंमा गई ‘माडी फांटको अन्न खाने मान्छेको बुद्धि पछिबाट मात्र आओस्‘ भनी सराप दिएको हुंदा अहिले पनि अन्नप्राशन –भातखुवाई) गर्दा माडीफांटको अन्न प्रयोग गरिदैन । यस सम्बन्धी विस्तृत विवरण पद्म पुराणमा छ ।

रम्भापानी

पाल्पा जिल्लाको मध्य भाग ताहुं गा.वि.स मा पर्ने यस पवित्र धार्मिकस्थल जहां प्राकृतिक मनोरम जड्गलको बीचमा रम्भादेवीको मन्दिर छ । यस क्षेत्रमा विशेषगरी कृष्णजन्माष्टमीका दिन मेला लाग्दछ । यहां हासं, कखुरा, परेवा, बोकाको बली दिने चलन छ । ताहुं रम्भापानी विभिन्न जातका जडीबुटीजन्य बनस्पति, चराचुरुङ्गी र पशुपंक्षीका लागि प्रशिद्ध र आकर्षण रहेको छ ।

गोलघर

सदरमुकाम तानसेन बजारको मूख्य चोक शीतलपाटी(भगवती टोल)मा अवस्थित गोलघर पाल्पाको एउटा आकर्षणको रुपमा रहेको छ ।

वाकुममुढी र रिम्घालेक

प्रकृति, संस्कृति र ईतिहासले सम्पन्न यो क्षेत्र पीपलडांडा, फोक्सिड्कोट र ताहुंमा पर्दछ । गोर्खाली फौज र पाल्पाली फौजको रणसंग्रामस्थल बाकुमगढी वीरता र धीरताले भरिपूर्ण छ ।
पुराना दरबारहरु
हाल भग्नावशेष र भग्नावेशषका संड्केतहरु देख्न सकिने रिब्दीकोट दरबार, पाल्पा श्रीनगर दरबार, प्रभास दरबार र दोभान नुवाकोट दरबार पनि उल्लेखनिय ऐतिहासिक दरबारका रुपमा रहेका छन् ।

अन्य

अन्यनिम्न मन्दिर एवं धार्मिकस्थलहरु पाल्पा जिल्लाका अमूल्य निधिका रुपमा रहेको पाईन्छ ।

  •  गोरुकाट्ने  (ऐतिहासिक ढुङ्गा)ः कचल गा.वि.स
  •  राम्दी सिद्धबाबाः दर्लमडाडां राम्दी
  •  भीमसेन मन्दिर,
  •   शिवालय,
  •  सरस्वती मन्दिरः प्रभास, ता.न.पा
  •  भैरव मन्दिरः छहरा
  •  कोकलादेवी मन्दिरः मदनपोखरा
  •  आनन्द विहारः भीमसेन टोल, तानसेन
  •  होलाङ्ग्दी बुद्ध विहार, होलाङ्ग्दी, तानसेन
  •  गणेश मन्दिरः टक्सार टोल, मखन टोल, श्रीनगर      तानसेन
  •  चर्चहरुः तानसेन र अन्य स्थानड्ड तीनकन्यादेवी मन्दिर छाप्रेः जल्पा
  •  रतनपाण्डे –पिनास निको पार्ने)ः बौघापोखराथोक
  •  नुवाकोट भैरवः दोभान गा.वि.स.
  •  बगनासदेवी मन्दिर ः चापपानी
  •  वनदेविः तानसेन
  •  मच्छेन्द्रादेवी, गंगादेवी, राधाकृष्ण मन्दिरः सोमादी
  •  बालसिद्ध मन्दिर ः हेक्लाङ्ग
  •  बाली कन्यादेवी स्थानः भार्केस तेल्घा
  •  मस्जिदहरुः तानसेन, दर्छा र अन्य
  •  महाचैत्य विहारः टक्सार टोल, तानसेन
  •  श्री महाबोधी विहार ः सिल्खान टोल, तानसेन
  •  रैनादेवी मन्दिरः गोखुंगा, भुवनपोखरी
  •  लक्ष्मीनारायण मन्दिरः बसन्तपुर टोल, तानसेन
  •  शिवालय मन्दिरः नारायणस्थान, प्रभास ता.न.पा
  •  सत्यदेवी थानः कोलडांडा, बहादुरपुर
  •  सिद्धबाबा मन्दिरः दोभान
  •  हनुमान मन्दिरः टक्सार टोल, तानसेन
  •  भैरवस्थान मन्दिरः अमरगन्ज,ता.न.पा
  •  गणेश मन्दिरः अमरगन्ज,ता.न.पा
  •  उदडदेवी मन्दिर ः कचल
  •  छत्रमहादेवः ख्याहा
  •  लिपिनदेवीः बन्दिपोखरा

प्राकृतिक मनोरमस्थलहरु

गुफा

निम्न गुफाहरुले पाल्पा जिल्लाको प्राकृति सौन्दर्यको महत्वलाई अझ बढाएको छना् ।

क) सिद्धपानी गुफा – बौघागुम्हा

ख) हात्तिलेक गुफा – सिलुवा

ग) जुरे गुफा – सहलकोट

घ) सिद्ध गुफा – राम्दी, दर्लमडांडा

ड) बालसिद्ध गुफा – हेक्लाङ्ग

च) रिडीका गुफाहश्र – रुरुक्षेत्र, अर्गली

छ) सिद्धेश्वर गुफा – सिद्धेश्वर

मानव निर्मित सुरङ्ग

प्रताप शमशेरले तानसेनमा पाईपद्धारा पानी ल्याउनकोलागि अन्दाजी ५०० मिटर लामो सुरुङ्ग निर्माण गरेको थिए,जुन अद्यापी छदैछ ।

ताल कुण्ड ः

क) सत्यवती ताल ः बुटवल– तानसेन सिद्धार्थ राजमार्गमा पर्ने चौविसमाईलदेखि डेढ घण्टा दक्षिण पैदल यात्राबाट पुगिने १४०० मिटरउचाईमा रहेको यो ताल कोलडांडा गा.वि.स.मा पर्दछ । सुन्दर जंगलको वीचमा पहाडको टाकुरामा रहेको यो तालको छुट्ै विशेषता छ । यहां कार्तिक पूर्णिमाको दिन विशाल मेला लाग्छ । सत्यवती माईले कानले सुन्न सक्दिनन् भन्ने विश्वास भएकाले भक्तजनहरु ठुलो स्वरमा चिच्याएर तालको वरिपरि वर माग्ने चलन छ ।

ख) प्रभास तालः सिद्धार्थ राजमार्गसंगै जोडिएको यो ताल तानसेन नगरपालिका वडा नं. ११ मा पर्दछ । यो ज्यादै पौराणिक ताल हो।कमलका फुलहरु फुल्ने हुदां यसलाई कमल पोखरी समेत भनिन्छ । यो तालमा सबै प्रमुख तिर्थस्थलहरुको जल ल्याई राखिएको हुदां यसलाई प्रभास क्षेत्रको रुपमा मन्ने चलन छ ।

ग) सीताकुण्डःपूर्वी पाल्पाको दर्छा गा.वि.स वडा नं. २ मा रहेको यो कुण्ड करिब ४००० फिटको उचाईमा रहेको छ । यहाँबाट धौलागिरि माछापुच्छे, अन्नपूर्ण मनास्लु, हिमश्रृखंला देखिन्छ भने कालीगण्डकी  वगेको दृश्य दर्छा र रामपुरकोहरियाली फांट मनग्ये हेर्न सकिन्छ  र यहां पुग्न रामपुरबाट १ घण्टा पैदलयात्रा गर्नुपर्दछ । गरासंको आकर्षक सजावटमा सजिएको यो कुण्डको मुख्य विशेषतामा चारैतिर रहेका बोटविरुवाहरु तालतर्फ झुकेका छन् ।

नदीवालाहरु

१) कालीगण्डकी

पाल्पा जिल्लाको उत्तरी सिमानाको रुपमा रहेको यस काली गण्डकीको उद्गमा स्थल मुस्ताड जिल्ला भए पनि रिडिदेखि गाडाकोट हुदै वाकामलाड्सम्म यसले सिमानाको काम गरेको छ । यस नदीमा ¥याफटिङ्ग गर्न र डुङ्गा चलाउन पनि सकिन्छ र यो नदीमा भगवान विष्णुको प्रतीक शालिग्राम पाईने हुंदा उत्तम मानिन्छ र यस नदीको यम्घा गा.वि.स. र स्याड्जा जिल्लामा पर्ने कुष्णगण्डकी गा.वि.स.को वीचमा १४४ मेघा वाट क्षमताको कालीगण्डकी ए जलविद्युत् परियोजना संचालन गरिएको छ ।

२) तिनाउ नदी

पाल्पा जिल्लाको देविनगरबाट उद्गमा भएको यो नदी माडी फांट हुदै बुटवलमा पुगी विभाजन भए पछि दानव नदी र तिलोत्तमा नदीको नामबाट पुकारिन्छ ।

३) निस्दी नदीः

देवीनगर गा.वि.स. बाट निस्किएर पूर्व खोला हुदै बग्ने यो खाला विभिन्न गा.वि.स.हरु बगरेर काली गण्डकीमामिल्न पुग्छ ।

४) आरुङ खोला दे

वीनगर उद्गम स्थल भएको यस खोला बहादुरपुर, ज्यामिरे हुदै नवलपरासी आरुडखोला तर्फ बगेको छ । यसखोलाको माछा ज्यादै चोपिलो र मीठो हुन्छ भन्ने भनाई छ ।

५) रिडि खोला

अर्घाखांची र गुल्मीको विभिन्न उचो भागबाट आएको यो खोला पाल्पाको भुवनपोखरी, सिद्धेश्वर, ख्याहा,अर्गलीलाई स्पर्श गर्दै कालीगण्डकीको रिडिमा मिसिएको छ ।

६) अंगाहा खोला

रभ्भापानी –ताहुं) हुमिन , पिपलडाडां, फोकिसङ्कोट वीच उत्पत्ति भै राम्दीघाट कालीगण्डकीमा प्रवेश गरेको छ ।

पाल्पा जिल्लाका प्रसिद्ध गढीहरु

कालीका गढी – पालुङ्गमैनादीस्थित पुरानो काली मन्दिर भएको ठाउं ।

नुवाकोट गढी – दोभान स्थित यस गढीबाट बुटवलको जितगढी सम्म सु्रङ्ग ।

बल्ढेङ्गगढी – तानसेन भन्दा करीब १२ कोष टाढा दक्षिण पश्चिम छेउमा रहेको गढी । बलदेव राजाको नाम उल्लेख गरिएको एउटा ताम्रपत्रमा आधारमा बलदेवको गढीबाट बल्डेङ्गगढी भएको हो, यसको बारेमा थप उत्खनन अध्ययन हुन  जरुरी छ । सेन कालभन्दा पूर्व मगर राजाहरुको दरबार रहेको किल्ला र यसमा बज्र लगाइएको ईनार, हातहतियार राख्ने गोप्य ठाउं, टुडिखेल र सैनिक अभ्यास क्षेत्रहरु छन् ।

वाकुमगढी – ताहुं स्थित गढी

माथागढी – गोठादीस्थित यो गढी अंग्रजहरु विरुद्ध लड्न उजिर सिहं थापाले प्रयोग गरेको विशेष ठाउं । ठुलो काडावाला तमौरामा धनुकाडां पुराना दरबार जस्ता युद्ध सामाग्री समेत भएको गढी ।

पाल्पा जिल्लामा मनाईने चाडपर्वहरु

बुद्ध जयन्ती रथयात्रा – बैशाष पूर्णिमा

अमरनारायण जात्रा – तानसेनको भाद्र कृष्ण नवामी

ऋषिकेशव रथयात्रा – रिडि÷ अर्गली हरिबोधनी एकादशीको भोलिपल्ट

एकादशी – राम्दीमा असार र कार्तिकमा मेला

गाईजात्रा – भाद्रकृष्ण प्रतिप्रदामा, तानसेन, हुमिन, हार्थोक, खस्यौली, सिलुवा, रामपुर, दर्छा, विरकोट, मुन्टुड, गाडाकोट, बाकमलाड्मा यो जात्रा निकालेर मनाईन्छ ।

चण्डीपूर्णिमा – तानसेनमा बैशाखमा मेला र रथयात्रा÷ बहादुरपुरमा

चैते दशै– पालुङ्गमैनादीमा अष्टमी नवमी तानसेन वनदेवी मेला ।

भगवती जात्रा – भाद्र कृष्ण नवमी

भीमसेन जात्रा – तानसेनको भाद्र कृष्ण सप्तमी

बाघ/गणेशजात्रा – तानसेनको भाद्र कृष्ण चौथी

मकर संक्रान्ति – तानसेन भाद्र तृतिया रिडी मेला माघ १–३ (माघेसक्रान्तिको बेला नेपाल अधिराज्यमै सबैभन्दा ठुलो मेला लाग्ने स्थान)

रोपाईजात्रा

श्रीनगर गणेश जात्रा – तानसेनको भाद्र कृष्ण प्रतिपदाश्रीकृष्ण

जन्माअष्टमी – तानसेनको भाद्र कृष्ण अष्टमी

लक्ष्मीनारायण जात्रा – तानसेन भाद्र कृष्ण द्धादशीमाम

हाशिवरात्री जात्रा – तानसेन प्रभास फागुनमा

सत्यवति मेला – कोलडांडा कार्तिक पुर्णिमा

होली पूर्णिमा – मैनादी, भैरवस्थान, खस्यौली, लालपाटीमा

लाखेजात्रा– जनै पूर्णिमादेखि कृष्ण जन्माष्टमीसमम धुमधामका साथ विशेषगरी तानसेन, रामपुर, गांडाकोट, सिलुवा, हुमिन हटिया र विभिन्न नेवारी वस्तिहरुमा र रैनादेवि गोखुङ्गामा

पाल्पा जिल्लामा पाईने प्रसिद्ध वस्तुहरु

  • पाल्पाली करुवा, तामाको भाँडाकुँडाहरु, काँसका वस्तुहरु
  • पाल्पाली करुवा, तामाको भाँडाकुँडाहरु, काँसका वस्तुहरु
  • पाल्पाली ढाका टोपी, चोलो, पछ्यौरा लगायत ढाकाका अन्य वस्तुहरु
  • झिनियाँ रोटी, बटुक, हाँसको छोइला, चुकाउनी
  • कफी, अदुवा, जडीबुटी
  • बेतबांसका सजावटका सामाग्रीहरु