पाल्पा जिल्लामा कुनै किसीमको व्यापार वा उद्योग व्यवसायमा लागेको व्यक्ति, साझेदारी संस्था, कम्पनी तथा संघ संस्था ( नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई स्थायी लेखा नम्बर(pan) लिएका यस संघको सदस्य बन्न सक्छन् । साधारण सदस्य, वस्तुगत सदस्य, एशोसियट सदस्य र विशिष्ट सदस्य गरी चार किसीमबाट सदस्यहरुलाई वर्गिकरण गरीएको छ । विशेष सदस्यको हकमा संघको कार्य समितिले संघको उद्देश्य प्राप्तीका लागि विशेष योगदान पु¥याउने व्यक्ति वा संस्थालाई आफ्नो कार्यावधिका लागि मात्र विशिष्ट सदस्यता प्रदान गर्दछ । यस प्रकारको सदस्यको मतदान गर्ने, निर्वाचनमा भाग लिन पाउने अधिकार रहँदैन तथा यस्तो सदस्यले कुनै शुल्क तिर्नु पर्दैन । हाल(२०७४) बाणिज्य क्षेत्रका ७७६ जना र उद्योग क्षेत्रका १३८ जना, वस्तुगत २ र एशोशियट १० गरी कुल ९२६ जना सदस्यहरु यस संघमा आवद्ध रहेका छन । कुल सदस्यहरुमा १३२ जना महिला सदस्यहरु रहेका छन् ।
१. सदस्यहरुका अधिकारहरुः—
- साधारण सभामा भाग लिन पाउने ।
- कार्य समितिको निर्वाचनमा उम्मेदवारी दिन पाउने तथा मतदान गर्न पाउने ।
- व्यवसाय प्रवद्र्धनार्थ आवश्यक सूचनाहरु प्राप्त गर्ने ।
- व्यवसायमा देखिने समस्या समाधानका लागि सहयोग प्राप्त गर्ने ।
- विधानमा उल्लेखित सबै खालका अधिकार प्राप्त गर्ने ।
- औद्योगिक, व्यापारिक तथा व्यवसायिक क्षेत्रको प्रवद्र्धन र संरक्षणसँग सम्बन्धित बिषयहरुमा संघलाई सूचित गर्ने ।
२. सदस्यहरुले पाउने सुविधाहरुः—
- संघबाट संचालन हुने तालिम, सेमिनार तथा गोष्ठीहरुमा सहभागिताको लागि प्रमुख प्राथमिकता पाइने ।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा तथा तालिम कार्यक्रमहरुमा संघको सिफारीशमा सहभागी हुन पाइने ।
- व्यवसायमा देखिएका समस्याहरु समाधानका लागि संघबाट पहल गर्न सकिने ।
- व्यवसायका लागि आवश्यक प्रविधी, कच्चा पदार्थ आदिका बिषयमा सूचना हासिल गर्न पाइने ।
- संघबाट उपलब्ध विभिन्न व्यवसायिक सेवाहरुमा छुट पाइने ।
- संघको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायिक प्रतिष्ठानहरुसँग सम्पर्क गरी आफ्नो व्यवसायको प्रवद्र्धन गर्न पाउने ।