पाल्पा उद्योग वाणिज्य संघले आफ्नो स्थापनाकालदेखि नै सामुदायिक विकासमा आफ्नो प्रत्यक्ष संलग्नता देखाउँदै आएको छ । पाल्पा जिल्लालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कुटीर उद्योग मूल नाराका साथ विकासको गतिलाई अगाडि बढाउने परिकल्पना अनुरुप यस संघले जिल्लामा संचालित त्रिभुवन बहुमुखी क्याम्पसको विज्ञान भवन, होस्टेल भवन तथा स्नातकोत्तर कक्षा कोठाको निर्माण, सि.एम.ए. क्याम्पसको भवन निर्माणार्थ जग्गा खरिद तथा एस. एल सी. परीक्षामा पाल्पा जिल्लाका नीजि तथा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने छात्र छात्राहरुलाई उत्कृष्ट पुरस्कार प्रदान गर्दै आई रहेको छ । जिल्लाको पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले समय समयमा पाल्पा चिनारी सम्बन्धी पर्यटकिय पुस्तिका तथा पोष्टकार्डहरुको प्रकाशन, गोष्ठीहरुको आयोजना, पर्यटन मेलाहरुमा सहभागिता, पर्यटकिय सूचना बोर्डहरु स्थापना कार्य गर्दै आई रहेको छ भने तानसेन, पाल्पाको खानेपानी समस्या समाधानार्थ बिशेष पहल गर्दै महायज्ञ आयोजनाबाट आर्थिक श्रोत जुटाई सिस्नेमुल खानेपानी योजना अन्तर्गत चवनबारी, तानसेन–१३ तथा ढुङ्गाखानी, तानसेन–१३मा क्रमश १ लाख ३० हजार र ४० हजार लिटर क्षमताका दुई वटा खानेपानी टंकीहरु निर्माण गरी सकेको छ भने तानसेन नगरपालिका भित्रका ढुङ्गेधाराबाट खेर गइरहेको पानी संकलन हुने गरी टंकी निर्माण गर्ने काम पनि जारी छ । संघ कै बिशेष पहलमा तानसेन खानेपानी उपभोक्ता समिति गठन भै तानसेनको खानेपानी समस्या समाधानार्थ समिति क्रियाशील भै रहेको छ । यस्तै गरी कृषि व्यवसाय प्रवद्र्धन र विकासका लागि संघले कृषि व्यवसाय सेवा इकाई स्थापना गरी कृषि उपज बजारको थोक मूल्य सूचनाहरु लगायत आवश्यक सूचनाहरु उपलब्ध गराउने व्यवस्था तथा प्रकाशन तथा प्रसारण गर्दै आईरहेको पनि छ । यस्तै गरी समय समयमा कृषिसंग सम्बन्धी तालिम तथा गोष्ठीहरु पनि संचालन गर्दै आईरहेको छ । नेपालमा भएको जनआन्दोलन–२ को समयमा भएको १९ दिने लोकतान्त्रिक आन्दोलनमा ऐक्यवद्धता जनाई जिल्लाभित्रका सम्पूर्ण उद्योगी व्यापारीहरु सहितको विरोध ¥याली आयोजना गरी देशमा शान्ति, सुरक्षा स्थापना एवं लोकतन्त्र ल्याउनका लागि पनि भूमिका निर्वाह गरेको थियो । यस संघले तानसेन नगरपालिका कार्यालयसंग सहकार्य गरी ीच्भ्म् परियोजना अन्तर्गत तानसेन नगरपालिका तथा आसपासका क्षेत्रहरुमा समेत विशेष गरी पर्यटन, ढाका, कफी, अदुवा तथा जुत्ता व्यवसायका क्षेत्रहरुको स्थानीय आर्थिक विकासमा टेवा पुग्ने खालका विभिन्न कार्यक्रमहरु संचालन गरी आएको छ ।