पाल्पा उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न
पाल्पाका उद्योगी तथा व्यवसायीहरुको संस्था पाल्पा उद्योग वाणिज्य संघमा शनिबार २०७३ ०७४ २०७५ ०७६ ३ बर्षे कार्यकालको लागि निर्वाचन सम्पन्न भएको थियो । त्रिभुवन बहुमुखि क्यम्पसका प्रमुख जिवन बहादुर थापा निर्वाचन अधिकृत रहनुभएको उक्त निर्वाचन बाट अध्यक्षमा मोहन प्रसाद श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा शैलेन्द्र भट्टराई, उद्योग उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, निर्वाचित भएका थिए । यस्तैगरी कार्यसमिति सदस्यमा ईश्वरी प्रसाद श्रेष्ठ, दिपक ढुंगाना, कमल बहादुर थापा क्षेत्री, बिष्णु प्रसाद न्यौपाने श्रीप्रकास ढुङ्गाना, दुष्यान्त भण्डारी, प्रविन राज शाक्य, बिनायक महर्जन, अशोक कुमार वि.क, रुपेश महर्जन, गोविन्द सिंह कार्की, सुरेन्द्र कर्माचार्र्य,राजिव श्रेष्ठ, समिर मान सिंह, दिपक प्रसाद पाण्डेय, ओम ध्वज राजलवट, प्रेम श्रेष्ठ, भिम बहादुर श्रेष्ठ, बसन्त लाल बज्राचार्य, बिष्णुमान बज्राचार्य निर्वाचित भएका थिए ।