शैंलेन्द्र भट्टराई
अध्यक्ष

बि सं २००९ सालमा स्थापना भएकाे पाल्पा उद्योग वाणिज्य संघले बिभिन्न उकाली आरालीहरु पार गरी याे अवस्था सम्म आई पुगेकाे छ । यस स्थानसम्म ल्याउनु हुने हाम्रा सम्पूर्ण संघका अग्रजहरुलाई स्मरण गर्दै सम्मान टक्राउँदछु । यस अवधिमा  संघ अनेक उतार चढावका बावजूद जिल्ला कै अग्रणी संस्था एवं परिपक्व ईतिहास बोकेको संस्थाको रुपमा स्थापित भएको छ । हाल संघलाई पनि २१ औं शताब्दीको रुपमा विकसित गर्दै जानु पर्ने भएकोले सचिवालय चुस्त दुरुस्त र विश्व सूचना प्रविधिको युगमा परिणत भईरहेको अवस्थामा संघलाई पनि समय सापेक्ष ढाल्नु पर्ने हाम्रो पनि दायित्व रहेको हुनाले हामीले www.palpachamber.org.np नामको Website को शुभारम्भ गरेका छौं । आशा एवं विश्वास छ यस Website ले संघको प्रत्येक गतिविधि एवं सूचनाहरुलाई देश विदेशमा रहनु भएका सम्पूर्ण महानुभावज्यूहरुले जानकारी पाउन सक्नेछ । यो वेभसाइटको माध्यमबाट “सुचनाको हक आजको आवश्यकता” भन्ने नारा पनि संघले पुरा गर्नेछ । यस कार्यमा लाग्नु हुने विशेष सहयोगी पाल्पा उद्योग वाणिज्य संघका काेषाध्यक्ष विनायक महर्जन,  कार्यकारी निर्देशक श्री  सुशील प्रधान,  लेखापाल सरोज लाल शाक्य, कार्यालय सहायक नेहा बज्राचार्य र सम्पूर्ण सहयोगीहरुलाई विशेष धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।