6 Nov 2016

कर कार्यालय प्रमुखलाई पाल्पामा स्वागत

करदाता सेवा कार्यालय पाल्पामा सरुवा भई आउनुभएका कर अधिकृत बासुदेव नेपाललाई पाल्पा उद्योग वाणिज्य संघले स्वगत गरेको छ । स्वगत कार्यक्रममा बोल्दै कर अधिकृते नेपालले व्यवसायीहरुलाई कर सरकारको प्राथमिकता प्राप्त कार्यक्रम भएकोले सोही अनुसार संघ संस्थाले भ्याटमा दर्ता भएर व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँदै पाल्पामा ठूला व्यवसायीहरु नभएतापनि यसको क्षेत्र लामो हुँदै गएको बताउनुभएको थियो । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले व्यवसायीहरु समेत कर तिर्नको लागि इच्छुक रहेको यसको लागि सहज व्यवस्थापन जरुरी रहेको बताउनुभएको थियो । कार्यक्रम संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको अध्यक्षता र महासचिव यादव सिंह कार्कीको सञ्चालनमा सम्पन्न गरिएको थियो ।