3 Dec 2024

नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सभाका सांसदहरुलाई स्वागत, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ।

मिति २०७४ पुष १८ गते मंगलबारका दिन पाल्पा उद्योग वाणिज्य संघ द्धारा नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सभाका सांसदज्यू हरुलाई स्वागत, बधाई तथा शुभकामना कार्यक्रम पाल्पा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न गरेको छ । शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै सांसदहरुले ऐतिहासिक र व्यापारीक केन्द्र पाल्पाको शाख गुम्दै गएकाले त्यसको मुहार उकास्ने काममा लाग्ने बताएका छन । नवनिर्वाचित सांसदहरुले जिल्लाका उद्योगी व्यवसायीको हित र विकासमा प्रतिबद्ध रहेको बताएका हुन । राणाकालदेखिनै प्रशासानिक गौंडाको रुपमा रहेको पाल्पाको पछिल्लो समयमा मलिनता छाएको र त्यसमा चमकता ल्याउने कामको नयाँ थालनी समेत गर्ने बताएका थिए ।
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले ऐतिहासिक तथा व्यापारिक केन्द्र पाल्पामा व्यवसायिक विकासमा नवनिर्वाािचत सांसदको ध्यान जानुपर्ने बताउनुभयो । सिद्धबाबा क्षेत्रको सडकले बर्षेनी ठुलो धनजनको क्षति पु¥याएकोले त्यसको दीर्घकालीन समस्या समाधानमा लाग्न माग गर्नुभएको थियो ।
पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभाका सांसद सोमप्रसाद पाण्डेले कार्यक्रममा बोल्दै पाल्पा जिल्लामा प्रशस्त व्यवसायिक सम्भावना रहेको र योजना बनाउएर अगाडी बढ्न व्यवसायी र उद्योगीको साथ चाहिएको बताउनुभएको थियो । साथै योजना बनाउएर अगाडी बढ्न सकेमा कुनै पनि किसिमबाट बजेटको अभाव हुन नदिने समेत बताउनुभएको थियो ।
पाल्पा क्षेत्र नं. २(१) का प्रदेश सभा सांसद पुरनमान बज्राचार्यले पाल्पाको विकास र व्यवसायिक प्रवद्र्धनमा आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । पाल्पाको विकासमा खानेपानी र सिद्धबाबाको सडक मुख्य चुनौतीको रुपमा रहेको छ, सांसद बज्राचार्यले भन्नुभयो त्यसको विकल्प अब २ वर्ष भित्रै हुनेछ । जिल्ला पर्यटकीय दृष्टिकोणले केन्द्र बनाउन सकिने भएकाले अब घरघरमा होमस्टे चलाएरै भएपनि पाल्पाको समृद्धिमा लाग्ने बताउनुभएको थियो ।
पाल्पा क्षेत्र नं.२(२)प्रदेश सभा सांसद तुलाराम घर्तीमगरले आफ्नो निर्वाचन क्षेत्रको सडक, विद्युत र खानेपानीको समस्या ५ वर्ष भित्र हटाउने बताउनुभयो । उनले आफ्नो क्षेत्रमा खानीको प्रचुर सम्भावना रहेकाले जनताको लगानीमा खानी संचालन गर्दै उचित नीति सहित वैज्ञानिक खानी व्यवस्थापन गरी स्वरोजगारी र आयआर्जन वृद्धिमा लाग्ने बताउनुभयो । सोही कार्यक्रममा बोल्दै घर्तीले जिल्लामा संचालित खानीका टिप्परहरुलेमामा आतंक मच्चाएकाले त्यसलाई नियन्त्रण गरिने बताउनुभयो ।
प्रदेश सभा समानुपातिक सांसद रमा घर्तीले जिल्लाको शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको विकासमा आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रम पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको अध्यक्षता तथा महासचिव श्री यादव सिंह कार्कीको संचालनमा सम्पन्न भएको थियो ।