17 Apr 2025

नेपाल उद्योग वाणिजय महासंघका केन्द्रिय सदस्य सहितका अतिथिहरुको स्वागत

२०७४ असार २४
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एक गाँउ एक उत्पादन कार्यक्रमका संयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ५ का अध्यक्ष श्री गुणनिधि तिवारी संघमा आउनु हुदा वहांको स्वागत सहित छलफल कार्यक्रम सम्पन्न गरिएको थियो । संघका वाणिज्य अध्यक्ष मोहन प्रसाद श्रेष्ठबाट स्वागत मन्तव्य व्यक्त गरिएको उक्त कार्यक्रममा एक गाँउ एक उत्पादन कार्यक्रमका बरिष्ठ कार्यक्रम अधिकृत अरुण श्रेष्ठले एक गाँउ एक उत्पादन तथा एक जिल्ला एक उत्पादन कार्यक्रमका वर्तमान अवस्थाका सम्बन्धमा आफ्ना भनाईहरु राख्नु भएको थियो । मूख्य पाहुनाका रुपमा रहनु भएका तिवारीले देशमा संघीय संरचना आईसकेको अवस्थामा पाल्पा र आसपासका क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि पाल्पाली निजी क्षेत्रले सरकारलाई सकारात्मक सुझाव र कार्यक्रम दिनुपर्ने बेला आएको बताउनुभयो । कार्यक्रम संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको सभापतित्व र महासचिव यादव सिंह कार्कीको संचालनमा भएको थियो