पाल्पामा नापतौलका सामग्रीहरु नविकरण
नेपाल सरकार, उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभाग, गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बुटवल द्धारा व्यवसायीक प्रयोजनका नापतौलका सामग्रीहरु (जस्तै ढक, तराजु, काँटा, मिटर) नविकरण सम्बन्धी २ दिने कार्यक्रम सम्पन्न गरेको छ ।
पाल्पा जिल्लाको तानसेन नगरपालिका र आसपासका क्षेत्रहरुमा गरिएको अनुमति पत्र वितरण, पुन जाँच तथा बजार निरीक्षण कार्यक्रममा कुल ३०७ जना सेवाग्राहीहरुले सेवा प्रदान गर्न सकिएको र सो कार्य बापत नेपाल सरकारलाई रु १७७५५० राजश्व प्राप्त भएको नापतौल क्षेत्रीय कार्यालय बुटवलका निरीक्षक रोशन गौतमले जानकारी गराउनुभएको थियो ।