5 Nov 2016

पाल्पा उद्योग वाणिज्य संघको सुझाव संकलन कार्यक्रम सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघले आफ्ना साधारण सदस्यहरु र कार्यसमिति सदस्यहरु बिच सुझाब संकलन एवं अन्र्तक्रया कार्यक्रम सम्पन्न गरेको छ । पाल्पा जिल्लाका सम्पुर्ण व्यवसायीहरुको एकता आजको आवश्यकता भन्ने मुल नाराका साथ पाल्पाका बिभिन्न्न स्थान हरुमा सुझाव संकलन एवं अन्र्तक्रया कार्यक्रम सम्पन्न गरेको छ । पाल्पामा छरिएर रहेका सम्पुर्ण व्यवसायी एवं उद्योगीहरु छाता संगठनको रुपमा रहेको पाल्पा उद्योग वाणिज्य संघ ले आफ्नो त्रि(बर्षिय कार्यकालका लागि गर्नुपर्ने महत्वपुर्ण कार्यका लागि सुझाव संकलन गरिएको पाल्पा उद्योग वाणिज्य संघका महासचिव यादव सिंह कार्कीले बताउनुभयो ।
कार्तिक २० गते पाल्पा उद्योग वाणिज्य संघले आर्यभञ्याङ्गमा सुझाव संकलन गरेको थियो । पा.उ.वा.संघका पदाधिकारी एवं आर्यभञ्याङ्ग क्षेत्रका व्यवसायिहरुको सहभागिता रहेकोे उक्त कार्यक्रममा त्यस क्षेत्रका व्यवासयिहरु बाट ग्रामिण क्षेत्रहरुमा पनि सम्पुर्ण उद्योगि व्यवसयी हरुलाई समेट्नुपर्ने , राम्दीमा शवदाह गृह निर्माण गर्ने, पोके व्यापारी हरुलाई नियन्त्रण गर्नुपर्ने, करर व्यवसाय अभिबृद्धि जस्ता तालिमहरु संचालन गरिनुपर्ने जस्ता बिभिन्न सुझाव हरु आएका थिए । उक्त कार्यक्रम पाल्पा उद्योग वणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको अध्यक्षता र आर्यभञ्याङ्ग बजार व्यवस्थापन समितिका उपाध्यक्ष राम प्रसाद श्रेष्ठको आतिथ्यतामा भएको उक्त कार्यक्रको संचालन पाल्पा उद्योग वाणिज्य संघका महासचिव यादव सिहं कार्कीले गर्नुभएको थियो ।
यस्तै गरि कार्तिक २२ गते पाल्पा उद्योग वाणिज्य संघले हार्थोक मा सुझाव संकलन एवं अन्र्तक्रया कार्यक्रम सम्पन्न गरेको थियो । हार्थोक तथा आसपासका प्रतिनिधिमुलक व्यापारी, उद्योगी तथा अन्य व्यवसायी हरुसंग भएको उक्त कार्यक्रममा व्यवसायी हरुले संघको सदस्यता लिनको लागि झन्झटिलो व्यवस्था रहेको सदस्यता एवं नविकरणको लागि ग्रामिण क्षेत्रहरुमा समस्या रहेको बताएका थिए, संघको दिर्घकालिन सोच बहुउद्येश्यि भवनको लागि बिभिन्न आर्थिक बैकल्पिक स्रोत हरु जुटाउनु पर्ने र पाल्पाको गैरवको रुपमा बहुउद्येश्यि भवनलाई चिनाउनु पर्ने, पोके व्यापरी हरुलाई नियन्त्रण गनुपर्ने जस्ता सुझावहरु आएका थिए । उक्त कार्यक्रम पाल्पा उद्योग वणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको अध्यक्षता र हार्थोक बजार व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जिवी अमात्यको आतिथ्यतामा भएको उक्त कार्यक्रमको संचालन पाल्पा उद्योग वाणिज्य संघका महासचिव यादव सिहं कार्कीले गर्नुभएको थियो ।

यस्तै गरि कार्तिक २३ गते तानसेन नगरपालिकामा सुझाव संकलन एवं अन्र्तक्रया कार्यक्रम सम्पन्न गरिएको थियो । संघको आफ्नो सभाहल मा भएको उक्त कार्यक्रमम पाल्पाली व्यवसायी, उद्यमी हरुको बाक्लो उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा बोल्दै पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले नयाँ कार्यसमितिको लागि धेरै चुनौती एवं सम्भावना अवसर रहेको बताउनुभएको थियो । कार्यक्रममा पाल्पाली व्यवसायीहरुले व्यापार र व्यवसायको लागि तानसेन नगर अव्यवस्थित भएको बताएका थिए । यस्तै गरि पाल्पामा रहेका एतिहासिक गरिमा बोकेका सम्पदा हरुको संरक्षण र संर्बधन हुनुपर्ने, अव्यवस्थित रुपमा रहेको बिरेन्द्र पार्क व्यवस्थित गरिनुपर्ने, पाल्पाली चिनोको रुपमा रहेका ढाका एवं करुवा व्यवसायलाई संरक्षण, संर्बधन गर्न पाल्पा उद्योग वाणिज्य संघले पहल गर्नुपर्ने, तानसेन नगर भित्रको सडक बिशेष गरी बसपार्क देखि मिसन सम्मको बाटो अभिलम्ब सम्पन्न हुनुपर्ने र अन्य सडक अव्यस्थित रहेको र उक्त समस्या निराकरणको लागि पहल गनुपर्ने, संघको विधान समयानुकुल संसोधन हुनुपर्ने जस्ता बिभिन्न सुझाव हरु आएका थिए । उक्त कार्यक्रम पाल्पा उद्योग वणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको अध्यक्षता र महासचिव यादव सिहं कार्कीको संचालनमा भएको थियो ।
यस्तै गरि कार्तिक २४ गते तानसेन ११, बनवाटिका लामडाँडा मा सुझाव संकलन एवं अन्र्तक्रया कार्यक्रम संम्पन्न गरिएको छ । उक्त कार्यक्रमको अवसरमा त्यहाँका व्यवसायी हरुले गुनासो राख्ने मौका पाएको बताएका थिए । त्यस क्षेत्रका व्यवसायीहरुले पाल्पा उद्योग वाणिज्य संघले कृषि तथा पर्यटनमा बिषेश जोड दिनुपर्ने, व्यवसाय अभिबृद्दि कार्यक्रमहरु संचालन गनुपर्ने, कर तथा राजश्व प्रति सम्पुर्ण व्यवसायीहरु उत्तरदायी हुनुपर्ने सुझावहरु आएका थिए । उक्त कार्यक्रम पाल्पा उद्योग वणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको अध्यक्षता र जिल्ला सहकारी संघका अध्यक्ष कृष्ण जि.सी को आतिथ्यतामा भएको उक्त कार्यक्रमको संचालन पाल्पा उद्योग वाणिज्य संघका महासचिव यादव सिहं कार्कीले गर्नुभएको थियो ।