पाल्पा महोत्सव २०७३ सम्पन्न
“हामी सबैको उत्सव, पाल्पा महोत्सव २०७३” भन्ने मूल नाराका साथ यस जिल्लाको सु्न्दर नगरी तानसेनको टुँडिखेल मैदानमा २०७३ फागुन १२ गते देखि २२ गते सम्म ११ दिने पाल्पा महोत्सव सम्पन्न गरियो । “हामी सबैको उत्सव, पाल्पा महोत्सव २०७३” भन्ने मूल नाराका साथ यस जिल्लाको सु्न्दर नगरी तानसेनको टुँडिखेल मैदानमा २०७३ फागुन १२ गते देखि २२ गते सम्म ११ दिने पाल्पा महोत्सव सम्पन्न गरियो । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजना, नेपाल उद्योग वाणिज्य महासंघ आयोजक रहेको यस महोत्सवको सह–आयोजकमा जिल्ला विकास समिति पाल्पा, तानसेन नगरपालिका, जिल्ला कृषि विकास कार्यालय, पाल्पा, घरेलु तथा साना उद्योग कार्यालय, पाल्पा रहेका थिए । साथै प्रर्वद्धकका रुपमा कृषि उद्यम केन्द्र काठमान्डौं र नेपाल पर्यटन बोर्ड रहेका थिए । पाल्पा जिल्लाको कृषि, पर्यटन, घरेलु उद्योग तथा व्यापारको व्यवसायिक प्रवद्र्धन, जिल्लाको कला, संस्कृतिको संरक्षण र संवद्र्धनका साथै संघको बहुउद्देश्यीय भवन निर्माणका लागि सहयोग जुटाउने मूख्य उद्देश्यका साथ पाल्पा महोत्सव–२०७३ आयोजना गरिएको थियो । मेलामा ४ सय ६३ स्टलको सहभागिता रहेको थियो । महोत्सवलाई आकर्षक र सफल बनाउन स्थानीय र राष्ट्रिय पहिचान रहेका कलाकारहरुको प्रत्येक दिन प्रस्तुती रहेको थियो । त्यस्तै बालउद्यान, बैंक तथा वित्तिय संस्थाहरु, अटो मोबाइल्सका स्टल र नेवारी तथा मगरी खानाका परिकारहरु समेत मेलामा राखिएको थियो । २ लाख अवलोकनकर्ताले मेलाको अवलोकन गरेको यस महोत्सवमा करिब १० करोड रुपैया बराबरको कारोबार भएको थियो ।