11 Dec 2016

प्रदेश नं ५ को सीमाङ्कनका बारेमा पाल्पा उद्योग वाणिज्य संघको विज्ञप्ती एवं संशोधनको विरोध

पाल्पा, मंसिर २६– पाल्पा उद्योग वाणिज्य संघले नेपालको संविधान २०७२ को दोस्रो संशोधनका लागि नेपाल सरकारले मिति २०७३ मंसिर १४ गते साँझ पेश गरेको प्रदेश नं ५ को सिमाङकन हेरफेरमा पाल्पा, गुल्मी, अर्घाखाची लगायतका पहाडी जिल्लाहरुलाई प्रदेश नं ५ बाट टुक््रयाई अन्य प्रदेशमा समाबेश गर्ने भन्ने प्रस्तावका सम्बन्धमा यस क्षेत्रको ऐतिहासिक सास्कृतिक एवं प्रभावशाली जिल्लाको प्रतिनिधिमूलक संस्था पाल्पा उद्योग वाणिज्य संघले मंसिर १७ गते विज्ञप्ती निकालेको थियो एवं संशोधनको विरोधमा हरेक दिन विभिन्न रचनात्मक कार्यक्रममा राजनीतिक दलहरुसंगै हातेमालो गरेको थियो । सरकारले संसदमा दर्ता गराएकबो ५ नम्बर प्रदेश विभाजनको विरोध गर्दै पाल्पामा जनसागर उर्लिएको थियो । स्वतह स्फुर्त रुपमा राजनीतिक दललाई एवं उद्योग वाणिज्य संघलाई सहयोग गर्न आन्दोलनमा पाल्पालीहरु विधेयकको विरुद्धमा नागरिकहरु सडकमा उत्रिएका थिए । संयुक्त सघर्ष समिति पाल्पाको आह्वानमा भएको विरोध ¥यालीमा जनआन्दोलन २०६२ भन्दा बढी जनताहरु सडकमा उत्रिएका थिए । ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई तराईबाट अलग गर्ने विधेयक फिर्ताको माग गर्दै पाल्पाका विभिन्न पेशा, उद्योगि, व्यवसायी र गृहणीहरु आफ्नो काम छाडेर नागरिकरु विरोधमा उत्रिए । ५ नम्बर प्रदेश टुक्राउने आन्दोलन विरुद्ध उद्योग व्यवसायी, पेशागत संघ संगठन, जातीय संघ संगठन, धार्मिक संघ संगठन, यातायात व्यवसायी, टोल विकास संस्था, प्राध्यापक संघ, शिक्षक युनियन, विद्यार्थी संगठन र नागरिक समाज आन्दोलनलाई शसक्तबनाउन एकजुट भएर लागेका छन् । विरोध ¥यालीमा विभिन्न जात जातिका सांस्कृतिक झाकी, विभिन्न धार्मिक संघ संगठनहरुले राष्ट्रिय झण्डा र आ–आफ्नो पहिचान दिने कला संस्कृति सहित सहभागिता जनाए ।
आन्दोलनकारीहरुले तानसेनको आन्दोलन चोक, भीमसेन टोल, नारायणस्थान, असनटोल, शीतलपाटी, भगवतीटोल, टक्सारटोल, मखनटोल, सिलखान टोल, लहरेपिपल लगायतका स्थानमा विरोध प्रलर्शन गरेका थिए । आन्दोलनमा सहभागीहरुले ५ नम्बर प्रदेश टुक्राउने प्रस्ताव सरकारले सदनबाट फिर्ता नलिए काठमाण्डौ केन्द्रिय आन्दोलन गर्ने उद्घोष गरे । २० गतेको विरोधसभालाई पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डे, साँसद राधाकृष्ण कंडेल, नेपाली काँग्रेसका सभापति वीरबहादुर राना, एमाले केन्द्रिय सदस्य ठाकुर गैरे, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सोम कार्की, नेकपा एमालेका अध्यक्ष नारायण आचार्य, नेका सचिव अजय कर्माचार्य, नेकपा मालेका अध्यक्ष धनराज पौडेल, राष्ट्रिय जनमोर्चाका अध्इक्ष विशाल दर्लामी, राप्रपाका रेवन्त विष्ट, अखण्ड नेपालका अध्यक्ष दिनेश रावल, वरिष्ठ पत्रकार मेघराज शर्मा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठ, नागरिक समाजका भेषराज सुवेदी र पुस्कर रेग्मी, नागरिक प्रतिनिधि सूर्य बोहोरा सहित जिल्लाका नेताहरुले जनभावना विपरित र सुनियोजित रुपमा प्रस्ताव आएकाले फिर्ता नभए सम्म आन्दोलन सशक्त पार्ने बताए । संयुक्त सघर्ष समिति पाल्पाले आन्दोलनलाई अझै सशक्त र रचनात्मक बनाउन मंसिर २५ गते सम्म जिल्ला बन्द यथावत कायम राख्ने निर्णय गरेको थियो र मंसिर २५ गतेको आन्दोलन विशाल मानव साङ्गलो निकालेर तानसेन नगर घेराउ गरिएको थियो ।