16 Nov 2016

संघ व्यवस्थापन तथा त्रि–वर्षिय कार्ययोजना गोष्ठी सम्पन्न

यस संघले मिति २०७३ मंशिर १ देखि ३ गते सम्म नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा आईसल्यन्ड जंङ्गल रिर्सोट थारु भिलेजमन संघ व्यवस्थापन तथा त्रि–वर्षिय कार्ययोजना गोष्ठी सम्पन्न गरी आगामी ३ वर्षका लागि संघको लक्ष्य तथा परिकल्पना निर्धारण गर्दै आ.व.२०७३÷०७६ सम्मको लागि संघको कार्यक्रमहरु तर्जुमा गरेको छ । पदाधिकारी कार्यसमिति सदस्य २४ जना, आमन्त्रित सदस्य ६ जना, संयोजक ३ जना, र ३ जना कर्मचारीहरु सहभागीता रहेको उक्त कार्ययोजना गोष्ठीमा स्रोत व्यक्तिका रुपमा घनराज अधिकारीले सहजीकरण गर्नु भएको थियो । संघका अध्यक्ष श्री मोहन प्रसाद श्रेष्ठज्यूको स्वागत मन्तव्यबाट शुरु भएको सो गोष्ठीमा कार्यसमिति सदस्यहरुले सक्रिय सहभागिता जनाउनु भएको थियो ।
उक्त गोष्ठीबाट संघको लक्ष्य उद्यमी–व्यवसायीहरुको हक हितको संरक्षण र संवद्र्धनका साथै जिल्लाको दीगो आर्थिक, सामाजिक विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने र परिकल्पना जिल्लाको आर्थिक विकासमा साझेदार, अधिकांश उद्यमी–व्यवसायीहरुको प्रतिनिधिमूलक र प्रवद्र्धन, सक्षम व्यवसायिक सचिवालय सहित सबल सेवा प्रदायक संस्थाको रुपमा विकास गर्ने तय गरेको छ भने तीन वर्षमा करिब ३० वटा कार्यक्रम गर्ने गरी कार्ययोजना तर्जुमा गरिएका छन् ।