16 Nov 2016

पाँचौ राष्ट्यि कर दिवसको अवसरमा प्रभात फेरी

पाँचौ राष्ट्यि कर दिवस २०७३ को अवसरमा पाल्पा करदाता सेवा कार्यालयको मुख्य आयोजना र पाल्पा उद्योग वाणिज्य संघ एंव मदिरा व्यवसायी संघ पाल्पाको सहभागितामा तानसेन नगर भित्र प्रभात फेरी गरिएको थियो । “गौरवका साथ तिरै कर समृद्ध राष्ट्र हाम्रो रहर” भन्ने मुल नाराका साथ देशका विभिन्न स्थानहरु संगै पाल्पामा पनि प्रभात फेरी गरिएको थियो । पाँचौ राष्ट्यि कर दिवसको अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु रहेक थिए ।